साउन १५ मा ५० लाख लिटर दूध खपत


साउन १५ मा ५० लाख लिटर दूध खपत

नेपालगन्ज १६ साउन : साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको माग उच्च हुन्छ।

साउन १५ लाई लक्षित गरि देशभर करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा यस दिन झन् धेरै माग हुन्छ ।

नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको माग अनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो ।

उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी यस दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो ।

केन्द्रियस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो । -रासस