निःशुल्क उपचारका लागि सिफारिस नचाहिने


निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

नेपालगन्ज २४ साउनः भेरी अस्पताल नेपालगन्जमा निःशुल्क वा सहुलियत उपचारका लागि अब स्थानीय तहको सिफारिस अनिवार्य नहुने भएको छ ।

आगामी भदौ १ गतेबाट लागू हुने गरी निःशुल्क वा सहुलियत उपचारका लागि स्थानीय तहको सिफारिस हटाइएको अस्पतालले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्ता सिफारिसले लक्षित वर्गका असहाय र निमुखा बिरामीनै सेवाबाट वञ्चित हुने अवस्था देखिएको पाइएपछि सिफारिस हटाइएको अस्पतालले जनाएको छ । तर, केही आवश्यक कागजात र प्रक्रियालाई भने अनिवार्य गरिएको छ ।

अस्पतालले मंगलवार सूचना जारी गर्दै भनेको छ–‘भेरी अस्पतालले नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप विभिन्न निःशुल्क तथा लक्षित कार्यक्रमहरू प्रदान गर्दै आएको कुरा विदितै छ । यस्ता कार्यक्रमहरूको निम्ति आर्थिक अवस्थाको जानकारी दिने स्थानीय तहको सिफारिस पत्र अनिवार्य जस्तै रहिआएको थियो । तर, यथार्थमा त्यस्तो सिफारिस जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिहरूले पनि लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो । यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामीनै सेवाबाट वञ्चित हुने गरेको पाइएकोले भाद्र १ गते देखि भेरी अस्पतालमा निः शुल्क वा सहुलियत उपचार गर्नको निम्ति स्थानिय तहको सिफारिस अनिवार्य नहुने कुराको जानकारी गराउँदछौं । त्यसका लागि आवश्यक कागजात तथा प्रक्रिया यसप्रकार हुनेछन् ।’