किन्नुभयो ‘राखी’ ?


किन्नुभयो ‘राखी’ ?

नेपालगन्ज २६ साउन : श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमाको पूर्वसन्ध्यामा नेपालगन्जको सदरलाईनमा राखिएको पसल । जनै पूर्णिमा लक्षित गरि सदरलाईनमा राखिएको पसलमा थरीथरीका विभिन्न मूल्यका राखी उपलब्ध छन् ।

विभिन्न चाडबाडका अवसरमा नेपालगन्जको सदरलाईनमा यसरी नै पसल खोल्ने गरिन्छ । यसकिसिमको पसल व्यवसायले नेपालगन्जको मौलिकतालाई समेत जिवन्त राख्न मद्द गरेकोछ । चाडबाड लक्षित गरि सडकको बीच भागमा खोलिने यस किसिमका पसलले साना व्यवसायीलाई मनग्गे आम्दानी समेत हुने गरेकोछ । तर, पछिल्ला केही वर्षदेखि ठूला ब्यापारीले समेत सडकमा पसल थाप्ने गर्दा साना ब्यापारी मर्कामा पर्दै आएकाछन् ।

यसैबीच, नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । त्यस्ता टिकाटिप्पणीबाट कुनै पनि भ्रममा नपर्न र कुनै सन्देह नराखी आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि शुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ । यसअघि १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ । तस्विरः विजय मल्ल/सेतोखरी

थप समाचार

जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै मनाउन उपयुक्त : समिति