‘नेपाली चलचित्र ईतिहासमा ‘प्रकाश’ कोषेढुंगा सावित हुने’

अमेरिकाका ५ थिएटरमा एकै दिन प्रदर्शनमा आउने, प्रेस मिट लगत्तै मुम्बई उडे प्रदीप


‘नेपाली चलचित्र ईतिहासमा ‘प्रकाश’ कोषेढुंगा सावित हुने’

नेपालगन्ज २६ साउन : चकलेटी हिरोको उपमबाट परिचिट नायक प्रदीप खड्काले फरक शैलीमा अभिनय गरेको फिल्म ‘प्रकाश’ मा उनको करिएरकै फरक फिल्म भएको बताएका छन् । प्रदीपले फिल्म प्रकाशले आज मात्र नभएर कालन्तारसम्म नेपाली चलचित्र ईतिहासमा नाम राख्ने दावी गरे ।

नेपालको पश्चिम बिकट ठाउँको यथार्थ कुरालाई फिल्ममा उठाएको र नेपाली भाषा लवज हरेक कुरालाई धेरै मेहनत गरिएकोले यसको नतिजा पनि सुखद् आउनेमा आशावादी रहेको उनले सुनाए ।

पछिल्ला दिनहरुमा भारतको मुम्बईमा बस्दै आएका प्रदीप ‘प्रकाश’ प्रोमोशनकै लागी भनेर मुम्बईबाट काठमाण्डौं हुँदै नेपालगन्ज आएका हुन् । विहीबार दिउँसो बाँकेको नेपालगन्जमा चलचित्र पत्रकार संघ बाँके शाखाले आयोजना गरेको प्रेस भेटघाटमा उनी र चलचित्र प्रकाशको टिम ब्यस्त रह्यो ।

चलचित्र पत्रकार संघ बाँके शाखाका अध्यक्ष रामचन्द्र पौडेलको सभाध्यक्षतामा भएको उक्त पत्रकार भेटघाटमा अध्यक्ष पौडेलले चलचित्र प्रकाशको टिमलाई खादा ओढाएर स्वागत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

फिल्मका मुख्य कलाकार प्रदीपले चलचित्र ‘प्रकाश’का विषयमा कुरा गर्दै प्रकाशको स्टोरी स्ट्रोङ भएको दावी गरे । खड्काले फिल्मले दिन खोजेको सन्देशबाट प्रभावित भई आफु आवद्ध भएको प्रतिक्रिया दिदैँ अहिलेसम्मकै उत्कृष्ठ कथाका रुपमा प्रकाशलाई लिएको बताए ।

नायक खड्काले कर्णालीलाई चिनाउन र अघि बढाउन चलचित्र ‘प्रकाश’ कोषेढुंगा सावित हुने उल्लेख गरे ।

चलचित्र ‘प्रकाश’मा आमाको भुमिकामा रहेकी नायिका दिया मास्केले पहिचानको खोजिमा ‘सिता’ आमाको भुमिकामा (दिया) र छोरा ‘प्रकाश’को भुमिकामा नायक प्रदीप खड्का रहेको बताइन् ।

प्रकाशको अर्का मुख्य पात्रका रुपमा रहेकी दियाले आफु कलाकार भएकोले जस्तो सुकै भूमिका गर्न तयार भएको प्रतिक्रिया दिइन् । आफ्नो उमेर भन्दा धेरै माथि उमेरको भूमिका भएनी स्टोरी स्ट्रोङ भएकोले सो भूमिका निभाउन आफू सहमत भएको बताईन ।

आफु एकल महिलाको रुपमा समाजमा संघर्ष गर्ने पात्रका रुपमा अभिनय गरेको उनले सुनाईन । दियाले भनिन्–‘नेपालीहरुको भाषाको उद्गम स्थल जुम्लामा बोलिने भाषा बोल्दा केही असहज भएपनि पछि आफूलाई समस्या भएन ।’

‘फिल्म सुटिङका दौरान पश्चिम नेपालको कला, सँस्कृति, रितिरिवाज, रहनसहनबाट आफू निकै प्रभावित भएको भन्दै यस क्षेत्रमा बोलिने भाषा नयाँ र फरक हो भन्दै खिसिटियुरी गरिन्छ’ उनले भनिन् बास्तवमा नेपाली भाषा कस्तो र कसरी बोलिन्छ भन्ने कुरा यो फिल्ममा पाउन सकिन्छ ।’

पत्रकार सम्मेलनमा दियाले नायक प्रदीपलाई सबैले चकलेटी–चकलेटी भनेको सुन्दा त्यस्तो महसुस नभएपनि अनुहार राम्रो भएको टिप्पणी गर्दै नायक प्रदीपलाई जिस्किएकी थिइन् ।

चलचित्र ‘प्रकास’को पोस्टर रिलिजसंगै खुबै चर्चामा रहेको प्रकाशले पछिल्लो पटक सार्वजनिक टिजर, गीत र ट्रेलर रिलिज भएपछी दर्शकको पर्खाइको बिषय बनेकोछ ।

आगामी भदौ १० गते एकैसाथ देशभर रिलिज हुने प्रकाश जुम्लि परम्परा र रितिरिवाजका साथै सो क्षेत्रको सामाजिक जीवनमा आधारित तयार पारिएको यसका निर्माता महेन्द्र अधिकारीले बताए ।

फिल्मका निर्माता महेन्द्रले चलचित्र निर्माण गर्दा २ करोड ५० लाख लगानी लागिसकेको बताउँदै ‘प्रकाश’ चलचित्रले पश्चिम नेपालको अवस्था चित्रण गर्ने बताए ।

चलचित्रका लेखक विकास सुवेदीले जुम्लाको युवा सरकारी विद्यालयको शिक्षक बन्ने सपनामा आधारीत रहेको बताए । लेखक सुवेदीले नेपाली चलचित्रले छुटाएको विषयबस्तु ‘प्रकाश’ चलचित्रमा हेर्न सकिने उल्लेख गरे । चलचित्र लेखनकै लागि सुवेदी ५–६ महिना जुम्लामा नै बसेको बताए ।

अमेरिकाका ५ थिएटरमा एकै दिन प्रदर्शनमा आउने

भदौ १० गतेबाट प्रदर्शन हुने प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ । बिनिस इन्टरटेनमेण्टले नेपालसहित भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मध्य–पूर्वी देशहरुमा एकसाथ चलचित्र प्रदर्शन हुने जनाएको छ ।

उल्लेखित देशहरुमा प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको बताइएको छ । साथै, अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले बताए ।

दिनेश राउतद्वारा निर्देशित फिल्ममा प्रदीपका साथै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा गाउँले युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा समेटेएको छ । विकास सुवेदीको लेखन रहेको फिल्मको छायाङ्कन जुम्लामा गरिएको थियो । फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
निर्माता महेन्द्रका अनुसार नेपाली चलचित्र ‘प्रकाश’ अमेरिकाको ५ वटा थिएटरमा एकसाथ रिलिज हुनेछ ।

हालसम्म टेक्सासका ३ सहर, ओहायो र क्यालिफोर्नियाका एक–एक सहरमा फिल्म प्रदर्शन हुने निश्चित भइसकेको छ ।

चलचित्र प्रदर्शन समय र अग्रिम टिकटहरू रिलिज हुनुभन्दा ७ दिनअघि अनलाइनमार्फत् उपलब्ध हुनेछ । यसबाहेक फिल्म अमेरिकाका ४० भन्दा बढी सहर र क्यानडाका ५ सहरमा रिलिज हुने उनले बताए ।

नेपालमा रिलिज भएको एकै दिन नियमित शो टाइमसहित ५ वटा हलमा रिलिज हुने यो अमेरिकामा नेपाली चलचित्रको इतिहास भएको उनको दावि छ ।

प्रेस मिट लगत्तै मुम्बई उडे प्रदीप

चलचित्र प्रकाशको प्रमोशनका लागि नेपालगन्ज आइपुगेका नायक प्रदीप खड्का बिहीबार नै भारतको मुम्बईका लागि उडेकाछन् ।

आगामी असोज ७ गतेबाट नेपाल र भारत दुवै देशमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘प्रेमगित–३’को तयारीमा समेत ब्यस्त नायक प्रदीप मुम्बई उडेका हुन् ।

सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेको यस फिल्म कोरोना महामारी अगाडि नै निर्माण सम्पन्न भएको थियो । तर, लकडाउन र प्राविधिक कारण फिल्मको रिलिज मिति पटक–पटक पोष्टपोण्ड गर्नुपरेको थियो ।

सोही चलचित्रको बाँकी काम पुरा गर्न उनी नेपालगन्जबाट काठमाण्डौं हुँदै भारतको मुम्बई उडेका हुन् । बिहीबार बेलुका ७ बजे काठमाण्डौंदेखि भारतको लखनऊ उडेका नायक प्रदीप लखनउबाट मुम्बई पुग्ने कार्यक्रम रहेकोछ । नायक प्रदीपसंग ‘प्रेम गीत–३’ को निर्माता एवम निर्देशक सन्तोष सेन भारतको मुम्बई गएका हुन् ।