कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु, बाँकेमा थप २१ जना संक्रमित


कोरोनाबाट एकै दिन ५ जनाको मृत्यु, बाँकेमा थप २१ जना संक्रमित

File Photo

नेपालगन्ज २६ साउन : कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ ।

कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसैबीच, बाँकेमा बिहीबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर ओलीका अनुसार भेरी अस्पतालमा २३ जनाको जाँच गर्दा १६ जनालाई कोरोना देखिएको छ । १६ जनामध्ये ११ जना बाँके जिल्लाका रहेका छन् ।
यस्तै कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारीमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएकोछ ।

बिहीबार बाँकेमा कोरोना देखिएकामध्ये १६ जना बाँके र ५ जना बाहिरी जिल्लाका रहेका छन् । जिल्लामा हाल ८३ जना सक्रिय संक्रमित रहेका छन् । भने सबै जना होम आइसोलेसनमा छन् । यस्तै बिहीबार बाँकेमा रहेका ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।