क्वाँटी खानु भयो त ! किन खाने क्वाँटी ? यस्तो छ फाईदा


क्वाँटी खानु भयो त ! किन खाने क्वाँटी ? यस्तो छ फाईदा

नेपालगन्ज २७ साउन : आज जनै पूर्णिमा । यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । जस्तो तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा र साउन पन्ध्रमा खीर ।

परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रण हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउको मिश्रण नै क्वाँटी हो ।

धार्मिक मान्यता अनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । वर्षाको मौसममा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व छ । झट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । यो त केवल आडम्बर हो । पुरातन संस्कार हो । परम्परा धान्नका लागि मात्र यसो विधि पु¥याउने हो । तर, हाम्रा पुर्खाले यस्ता संस्कार बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व हुन्छ ।

चर्चा गरौं क्वाँटीको, जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ । परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ । अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।

किन खाने क्वाँटी ?

हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो । तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई ।

जनै पूर्णिमा नै किन त ?

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ । खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

के छ फाइदा ?

पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

क्वाँटीबाट शक्ति र स्वाद दुबै पाइने भएकाले यसको विशेषता छ । यसमा पूर्ण प्रोटिन पाइन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रुपमा लिइन्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि क्वाँटीमा पाइन्छ । क्यालोरीको मात्रा पनि बढी हुने भएकाले धेरै प्रकारका रोगीलाई फाइदाजनक हुन्छ ।

–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
–क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

तर, कति खाने ?

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।

थप फाइदा

–कब्जियतको समस्या हुनेले धेरै फाइदा पुग्ने गर्दछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदा पु¥याउँछ ।
–बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र
–रोगमुक्त पार्दछ ।
–शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
–क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।
–क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्छ
–क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
–मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
–कुपोषण हटाउन सकिन्छ ।
–क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।
–गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।