कोरोना संक्रणमित २ जनाको मृत्यु, ७८१ जना थपिए


कोरोना संक्रणमित २ जनाको मृत्यु, ७८१ जना थपिए

नेपालगन्ज २७ साउन : पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।