मेलान्जको अफर : १० हजारको खरिदमा १० हजारकै क्यास ब्याक


मेलान्जको अफर : १० हजारको खरिदमा १० हजारकै क्यास ब्याक

नेपालगन्ज २८ साउन : नेपालगन्जमा रहेको ‘मेलान्ज’ले ‘दशकको दश’ अफर ल्याएकोछ । फेसन बजारमा चर्चित नाम मेलान्जले ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

नेपालगन्जको सुर्खेतरोड स्थित वेष्र्टन मलमा सञ्चालनमा रहेको मेलान्जले गत शनिबारदेखि सीमित अवधिसम्मका लागि ‘दशकको दश’ अफर ल्याएको जनाएकोछ ।

‘दशकको दश’ अफरमा ग्राहकले १० हजारको खरिदमा १० हजारकै क्यास ब्याक अफर पाउने बताएकोछ ।

‘यो योजनामा ग्राहकले रु दश हजार वा सो भन्दा माथिको सामान खरिद गर्दा १० हजार क्यास ब्याक पाउने निश्चित हुन्छ’ ग्राहक लक्षित आफ्नो अफरको बारेमा जानकारी दिदैं मेलान्जका सञ्चालक शैलेश लोहनीले अगाडी थपे–‘यो अविश्वस्नीय अफर हो, हामी ग्राहकका आवश्यकता र चाहनामा सहकार्य गर्न लागि परेकाछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

ग्राहक केन्द्रित आफ्ना अफरको बारेमा जानकारी दिदैं मेलान्जका सञ्चालक शैलेशले अगाडी थपे–‘रु ५ हजारको खरिदमा २ हजार ५ सय र सो भन्दा कमको खरिदमा पनि विभिन्न योजना ल्याइएकोछ ।’

लुगाकपडा तथा अन्य फेसनका सामानहरुको विक्रिवितरण गर्दै आएको मेलान्जमा विभिन्न उमेर समुहका बालबालिका, महिला तथा पुरुषहरुका कपडा पाइन्छ ।

मेलान्जका अनुसार यो विशेष प्रकृतिको योजना भएकाले ग्राहकले अफर उपभोग गर्दा केही शर्तहरुको पालना गर्नै पर्छ । ‘दशकको दश’ अफर प्राप्त गर्न ग्राहकले सामान खरिद गर्दा एकै प्रकृतिको सामान वा एकै डिजाईनको सामान धेरै किन्न पाउने छैनन् ।

जस्तो कुनै ग्राहकले एउटै डिजाईन र उस्तै प्रकृतिको टिर्सट मात्र रु १० हजारकै किन्छु भन्दा पाउने छैनन् । यस्तो गर्नुको खास कारण मेलान्जका सामान होलसेल पसलेहरुले खरिद गर्न नसकुन भनेर शर्त राखिएको मेलान्जका सञ्चालक शैलेसले बताए । उनले अगाडी थपे–‘हाम्रो उद्देश्य भनेको ग्राहकले सोझै फाईदा लिन सकुन भन्ने हो ।’

२०१७ को जनवरीदेखि सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाण्डौंको कमल पोखरीमा रहेको सिटी सेन्टर रहेकोछ । यस्तै काठमाण्डौंकै गल्फुटार र पेप्सीकोलामा यसको शाखा छ भने उपत्यका बाहिर इटहरी, नेपालगन्ज र धनगढीमा समेत मेलान्जको शाखा रहेको छ ।