वीरगञ्ज ३० साउन : किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् ।
सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् । कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए ।
किसानले नियन्त्रणमा लिएका सो मल बालमन्दिर प्राङ्गणमा राखिएको छ । सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ ।
पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ ।
वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ । -रासस
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश