आमा र जुम्ल्याहा शिशुको निधन भएपछि भेरी अस्पतालमा तनाव


आमा र जुम्ल्याहा शिशुको निधन भएपछि भेरी अस्पतालमा तनाव

File Photo

नेपालगन्ज ३० साउनः भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिला र शिशुको मृत्यु भएपछि परिवार र आफन्तले तनाव सिर्जना गरेका छन् ।

अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ निवासी २२ वर्षीया नाधिया खातुनको मृत्यु भएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि उनी भेरी अस्पतालमा पुगेकी थिइन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष सराफत हुसेन शेषका अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए ।

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो करिब ३ बजेतिर आमा र दुबै बच्चा(शिशु)को मृत्यु भएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चा(शिशु)को मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन् । परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि भेरी अस्पतालमा सुत्केरी महिला र शिशुको मृत्यु हुने गरेकोछ । महिला र शिशुको मृत्यु हुने गरेपछि भेरी अस्पतालको वर्थिङ सेन्टर पटक–पटक विवादमा तानिने गरेको हो ।