File Photo
नेपालगन्ज ६ भदौ : बाँकेमा रहेको खुला कारागारका भवन प्रयोग विहीन भएकाछन् । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोग विहीन अवस्थामा पुगेको हो ।
नेपालगन्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो ।
बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए ।
‘दुईतिहाइ कैद भुक्तान गरिसकेका र आचारण सुधार भएका कैदीबन्दीलाई निश्चित सर्तका आधारमा खुला कारागारमा बस्ने अवधारणाअनुसार बाँकेमा खुला कारागार बनाइएको हो । खुला कारागार सञ्चालनका लागि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआउँदा अन्योलमा छौँ’, उनले भने ।
तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिनमा पौने दुई करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ ।
‘राम्रो आचरण भएका कैदीबन्दीले दिनभर खेतीपातीको काम गर्ने र बेलुकी कारागारमा आएर हाजिरी गरी त्यहीँ बस्ने अवधारणाका साथ उक्त कारागार बनाइएको हो’, कारागार प्रमुख सोनकरले भने ।
खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् ।
‘सबै पूर्वाधार प्रयोगविहीन छन्, कारागारका चौकीदार जगराम चौहानले भने, ‘११ वर्षदेखि मैले नै कुरेर बसेको छु, भवन प्रयोगमा छैनन्, भएका भवनको संरक्षण नहुँदा जीर्ण बनिरहेको छ, कसैलाई वास्ता छैन ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लगि सम्बन्धित निकायसँग समन्वय गरिरहेका जानकारी दिए । अधिकारकार्मी वसन्त गौतमले भने, ‘खुला कारागार भवन सञ्चालनमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’
१० बिगाह क्षेत्रफलमा निर्माण भएको क्षेत्रीय कारागारमा तीन हजार कैदीबन्दी अट्ने क्षमता छ । २०७६ कात्र्तिक ८ गते निर्माण सम्पन्न गर्ने गरि रसुवा–पप्पु कन्स्ट्रक्सन जेभीले ठेक्का लिएको थियो । ज्वाइन्ट भेन्चर अन्तरगत रसुवा–पप्पुले ठेक्का पाए पनि निर्माणको जिम्मा पप्पुलाई दिइएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न हुनेगरि ठेक्का लिए पनि सो अवधिमा पप्पुले ५ प्रतिशत मात्र काम भएपछि रसुवाले निर्माण कार्य सम्पन्न गरेको हो ।
नेपालगन्ज कारागारमा रहेका दुई सय कैदीलाई २०७८ बैशाख पहिलो साता स्थानान्तर गर्ने तयारी गरिएको थियो । अदालतबाट कैद सजाय पैmसला भई नेपालगन्ज कारागारमा रहेका कैदीलाई त्यहाँ स्थानान्तर गरिने योजना एपनि खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोग विहीन अवस्थामा पुगेको हो ।
थप समाचार
दुई सय कैदी राख्दै बैशाखमा क्षेत्रीय कारागार सञ्चालन गरिने