भेरी अस्पतालको भवन निर्माणका लागि बजेट स्विकृतः हेलीप्याडसहित अण्डरग्राण्डको भवन निर्माण हुने

सरकारद्वारा एक अर्ब पच्चीस करोड रकम स्वीकृत


भेरी अस्पतालको भवन निर्माणका लागि बजेट स्विकृतः हेलीप्याडसहित अण्डरग्राण्डको भवन निर्माण हुने

नेपालगन्ज ६ भदौ : नेपालगन्जस्थित भेरी अस्पतालको दोश्रो ब्लक निर्माणका लागि सरकारद्वारा बजेट स्विकृत गरिएकोछ ।

भेरीको दोस्रो ब्लक अन्र्तगत निर्माण हुने सात तले भवनका लागी सरकारद्वारा एक अर्ब पच्चीस करोड रकम स्वीकृत भएको हो ।

योसंगै अब भेरीको पुरानो भवनलाई भत्काई नयाँ भवन बन्ने छ । नयाँ बन्ने भवनमा अण्डर ग्राउण्ड पार्किंग र हेलिप्याड समेत रहनेगरी आधुनिक डिजाइनको अत्याधुनिक सेवा सुबिधा भएको भवन यसै वर्षदेखि निर्माण कार्यको सुरुवात हुने अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले जानकारी दिए ।

अण्डरग्राण्ड पार्किङ्ग र हेलिप्याडसहितको सात तले सुविधा सम्पन्न भवनको यसअघि नै डिपिआर तयार भइसकेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमिति र तत्कालिन मेसु डाक्टर प्रकाशबहादुर थापाको अथक प्रयासकाबीच अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको उनले बताए ।

काठमाण्डौंको वीर अस्पताल पछि नेपालकै पुरानो अस्पताल भएपनि भेरी अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति र उपकरणको सवालमा राज्यको खासै ध्यान पुग्न सकेको थिएन ।

अस्पताल विकास समितिका नेतृत्व टिमका निरन्तर दवावकाबीच अस्पतालको भौतिक पूर्वाधारदेखि उपकरणको सवालमा राज्यले ढिलै भएपनि सम्वोधनको प्रयास शुरु गरेको भन्दै श्रेष्ठले खुशी व्यक्त गरे ।

यसअघि अस्पताल परिसरमा चार तले अर्को भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । भौतिक संरचनासँगै पछिल्लो समय अस्पतालको सेवामा व्यापक सुधार हुँदै गएको छ ।