सरकारद्वारा एक अर्ब पच्चीस करोड रकम स्वीकृत
नेपालगन्ज ६ भदौ : नेपालगन्जस्थित भेरी अस्पतालको दोश्रो ब्लक निर्माणका लागि सरकारद्वारा बजेट स्विकृत गरिएकोछ ।
भेरीको दोस्रो ब्लक अन्र्तगत निर्माण हुने सात तले भवनका लागी सरकारद्वारा एक अर्ब पच्चीस करोड रकम स्वीकृत भएको हो ।
योसंगै अब भेरीको पुरानो भवनलाई भत्काई नयाँ भवन बन्ने छ । नयाँ बन्ने भवनमा अण्डर ग्राउण्ड पार्किंग र हेलिप्याड समेत रहनेगरी आधुनिक डिजाइनको अत्याधुनिक सेवा सुबिधा भएको भवन यसै वर्षदेखि निर्माण कार्यको सुरुवात हुने अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले जानकारी दिए ।
अण्डरग्राण्ड पार्किङ्ग र हेलिप्याडसहितको सात तले सुविधा सम्पन्न भवनको यसअघि नै डिपिआर तयार भइसकेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल नेतृत्वको कार्यसमिति र तत्कालिन मेसु डाक्टर प्रकाशबहादुर थापाको अथक प्रयासकाबीच अस्पतालको भौतिक पूर्वाधार निर्माणमा सरकारले उक्त बजेट स्वीकृत सम्भव भएको उनले बताए ।
काठमाण्डौंको वीर अस्पताल पछि नेपालकै पुरानो अस्पताल भएपनि भेरी अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति र उपकरणको सवालमा राज्यको खासै ध्यान पुग्न सकेको थिएन ।
अस्पताल विकास समितिका नेतृत्व टिमका निरन्तर दवावकाबीच अस्पतालको भौतिक पूर्वाधारदेखि उपकरणको सवालमा राज्यले ढिलै भएपनि सम्वोधनको प्रयास शुरु गरेको भन्दै श्रेष्ठले खुशी व्यक्त गरे ।
यसअघि अस्पताल परिसरमा चार तले अर्को भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ । भौतिक संरचनासँगै पछिल्लो समय अस्पतालको सेवामा व्यापक सुधार हुँदै गएको छ ।
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश