बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर बर्खास्त


बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर बर्खास्त

नेपालगन्ज १५ भदौ : न्यायपरिषद बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषद्ले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएको’ आरोप लागेको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो । तर, कार्यान्वयन भएको थिएन ।

Kanti Aarogya Hospital Nepalgunj

न्याय परिषद्मा परेको उजुरीका आधारमा गत साउन पहिलो साता कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च तानेका थिए । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो । जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले उनलाई सर्वोच्च झिकाइएको थियो ।

उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए ।

थप समाचार

बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारी सर्वोच्च तानिए