सेन्साईको ‘३ को झट्का’ नामक दशैं योजना सार्वजनिक


सेन्साईको ‘३ को झट्का’ नामक दशैं योजना सार्वजनिक

नेपालगन्ज १६ भदौ : जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेकोछ ।

उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भि थ्री जित्न सक्ने कम्पनीले जनाएकोछ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।

सेन्साईका सामानहरुको खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्कीड्रमा सहभागी गराउन SENSEI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

कम्पनीले यो योजना भाद्र ९, २०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएकोछ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेकोछ ।