नेपालगन्ज १६ भदौ : जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेकोछ ।
उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत २ भाग्यशाली ग्राहकहरुले एप्पल आइफोन १३, ३ भाग्यशाली ग्राहकहरुले एप्पल आइप्याड १०.२ जस्ता आकर्षक उपहारहरु जित्न सक्नेछन् ।
भने बम्पर लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले यामाहा आर १५ भि थ्री जित्न सक्ने कम्पनीले जनाएकोछ । साथै सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु र निःशुल्क डेलीभरी पनि प्रदान गर्नेछ ।
सेन्साईका सामानहरुको खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्कीड्रमा सहभागी गराउन SENSEI टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।
कम्पनीले यो योजना भाद्र ९, २०७९ देखि सिमित अवधिका लागि मात्र लागु गरेको जनाएकोछ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेकोछ ।
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू