यस्तो छ बेकोको दशैं तिहार योजना


यस्तो छ बेकोको दशैं तिहार योजना

नेपालगन्ज १६ भदौ : युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैंतिहा र २०७९ लाई लक्षित गर्दै ‘बेकोसँग दशैंतिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेकोछ ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएकोछ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फएक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाईन्छ भने डिश वासरको खरिदमा २ प्याकेट फोर्चुन डिश वासर ट्याब्लेट उपहार पाईन्छ । साथै बेकोको रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज (फ्रीस्टान्डिङ ओवन) को खरिदमा प्रेसर कूकर र एअर कण्डिसनरको खरिदमा चार हजार बराबरको फ्री इन्स्ट्लेसन पाईन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त योजना भाद्र १०, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएकोछ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेकोछ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेकोछ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधेराधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेकाछन् ।