ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना


ब्लाक एण्ड डेकरको ‘डबल डिलाइट’ योजना

नेपालगन्ज १६ भदौ : नम्बर १ अमेरिकन ब्राण्ड ब्लाक एण्ड डेकरले दशैंतिहार लक्षित गरी ‘डबल डिलाइट’ नामक योजना सार्वजनिक गरेकोछ । यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् ।

लक्की ड्र मार्फत १ भाग्यशाली ग्राहकले एलजीको ५५ इन्चको ओलेद टिभी, १ भाग्यशाली ग्राहकले दुबई टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र साप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएकोछ ।

स्योरसट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेण्डर, ग्राएण्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरर्राष्ट्रिय ब्राण्ड्को पर्फ्युम निःशुल्क प्राप्त गर्न सक्नेछन् । भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) निःशुल्क प्राप्त गर्न सक्नेछन् । गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरीय किचेन एप्रोन निःशुल्क प्राप्त गर्न सक्नेछ । ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेकोछ ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गते देखि सीमित अवधिका लागि नेपाल अधिराज्यभरि उठाउन सकिने कम्पनीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

अन्तरर्राष्ट्रिय ब्राण्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेकोछ । ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेकोछ ।