एकवर्षमा देखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह


एकवर्षमा देखिने गरी सुधार ल्याउन स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह

नेपालगन्ज २० भदौ : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख विष्टले एक वर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने निर्देशन दिएका हुन् ।

सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा आम नगरबासीको बिश्वास जित्ने गरी सुधार र विस्तार गर्नु पर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफुले प्राथमिकता दिएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले नगर क्षेत्रभित्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गरिन् ।

Kids Festival 2022
kanti aarogya hospital

नगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर थापाले गत आबको समीक्षा गर्दै राम्रो काम चालु आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीक्षा गोष्ठी फलदायी हुने बताए ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने भएको छ ।