नेपालगन्ज २० भदौ : नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गर्दै नगरप्रमुख विष्टले एक वर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने निर्देशन दिएका हुन् ।
सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा आम नगरबासीको बिश्वास जित्ने गरी सुधार र विस्तार गर्नु पर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफुले प्राथमिकता दिएको बताए ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले नगर क्षेत्रभित्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गरिन् ।
नगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर थापाले गत आबको समीक्षा गर्दै राम्रो काम चालु आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीक्षा गोष्ठी फलदायी हुने बताए ।
नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने भएको छ ।
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम