खजुरा २० भदौ : बाँकेको खजुरा गाउँपालिकाले ६ दिनसम्म निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै शिविर सञ्चालन गर्ने जनाएको हो ।
हरेक वडाका जनतामाझ स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले शिविरको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।
शिविर भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जनाए । २६ गते स्वास्थ्य चौकी राधापुर, २७ गते स्वास्थ्य चौकी सीतापुर, २८ गते खजुरा अस्पताल, २९ गते स्वास्थ्यचौकी उढरापुर, ३० गते स्वास्थ्य रनियापुर र ३१ गते स्वास्थ्यचौकी सोनपुरमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
शिविरका लागि नेपालगन्जमा फुल्टेक्रामा रहेको फत्तेवाल आँखा अस्पतालसँग सहकार्य गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् ।
सरकारी गोदाम र रास्वपा कार्यालयमै थुप्रियो राहत, पीडितलाई गाँस न बास
एनप्याब्सन बाँकेमा नयाँ नेतृत्व
१ सय ३७ वर्षकाे इतिहास: रेलसँग जोडियो नेपालगञ्ज-बनारस, अयोध्या र गोरखपुर
भासियो काठमाडौंको ‘मूलबाटो’, चारैतिरबाट सडक ‘नाकाबन्दी’
नेपालकाे दु:खमा भारतकाे यस्ताे सन्देश
चीनले उद्धार सक्यो, निर्माणको काम पनि धमाधम