खजुरामा निःशुल्क आँखा शिविर


खजुरामा निःशुल्क आँखा शिविर

खजुरा २० भदौ : बाँकेको खजुरा गाउँपालिकाले ६ दिनसम्म निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले सूचना जारी गर्दै शिविर सञ्चालन गर्ने जनाएको हो ।

हरेक वडाका जनतामाझ स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले शिविरको आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

शिविर भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन गरिने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जनाए । २६ गते स्वास्थ्य चौकी राधापुर, २७ गते स्वास्थ्य चौकी सीतापुर, २८ गते खजुरा अस्पताल, २९ गते स्वास्थ्यचौकी उढरापुर, ३० गते स्वास्थ्य रनियापुर र ३१ गते स्वास्थ्यचौकी सोनपुरमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

शिविरका लागि नेपालगन्जमा फुल्टेक्रामा रहेको फत्तेवाल आँखा अस्पतालसँग सहकार्य गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिइन् ।