जानकीमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु


जानकीमा सिकलसेल अनुसन्धान केन्द्र निर्माण सुरु

नेपालगन्ज २३ भदौ : थारु समुदायमा ब्याप्त रहेको सिकलसेल रोगको उपचारका लागि बाँकेमा अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ ।

बाँकेको जानकी गाउँपालिका–३ नहरपुर्वामा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको हो ।

उक्त अनुसन्धान केन्द्रको बिहीबार शहरी विकासमन्त्री मेटमणी चौधरीले शिलान्यास गरे । उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना भएपछि उपचारमा सहज हुने विश्वास गरे ।

Kids Festival 2022
kanti aarogya hospital

‘एउटा ब्यक्तिले मात्र मुलुकको विकासमा योगदान गर्न सक्दैन, एउटा राजनीतिक दलले मात्र आफ्नो अस्तित्व राख्न सक्दैन, सबै मिलेर मात्र विकासमा सफलता मिल्छ,’ उनले भने । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट ब्यवस्थापन गर्ने मन्त्री चौधरीले बताए ।

पश्चिम तराई बाँके, दाङ र बर्दिया लगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन् ।

उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु स्वास्थ्यकर्मीको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो । अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोगसमेत गरेका छन् । सो रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन् ।

सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन् । बाँकेको कोहलपुर, राप्तीसोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले यहाँ यसका बिरामी बढी देखिएका छन् । सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ ।

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, जानकी गाउँपलिका अध्यक्ष छब्बन खाँ, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारू, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जानकी गाउँपालिका वडा नम्बर– ३ का वडाअध्यक्ष राजकुमार कुर्मी, थारु समुदायका अगुवा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार बिमला चौधरीले गरेकी थिइन् ।

यसैबीच सहरी विकासमन्त्री चौधरीले नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको निरीक्षण गरेका छन् । सो अवसरमा उनले तीन महिनामा काम सक्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे जानकारी गराएका थिए ।

थप समाचार

सिकलसेल विरामीलाई लक्षित गरी बाँकेमा छुट्टै अस्पताल स्थापना गरिने

बिकराल बन्दै सिकलसेलसँगै थाईलेसमिया, उपचार अभावमा भौतारिदैँ अभिभावक

सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित

‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’

राप्तीसोनारीका ५ जनामा सिकलसेल भेटिदाँ ४ जनामा थालसेमिया

बाँकेका जनप्रतिनिधी सिकलसेल र थालेसेमिया रोग नियन्त्रणमा प्रतिबद्ध

८ महिनादेखि सिकलसेल जाँच मेशिन वेकामे, अस्पताल उदासिन

सिकलसेल एनिमियाका बिरामी भन्छन्– एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन

घोराहीमा सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिरोगीलाई निःशुल्क रगत

बारबर्दियामा १ सय ४ जना सिकलसेल विरामी