नेपालगन्ज २ साउन : नेपालगन्जस्थित भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका हुन् ।
विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै एनसिडिआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उनी मनोनयन भएका हुन् ।
‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डाक्टर भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डाक्टर फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।
डाक्ट पाण्डेले थारु समुदायमा देखिने सिकलसेल एनिमियाको अनुसन्धान गरि यसलाई स्वास्थ्य समस्याको रुपमा दर्ज गरेका हुन् । सरकारले सिकलसेल एनिमियालाई स्वास्थ्य समस्याको रुपमा लिएर सिकलसेलका विरामीलाई एक लाख रुपैँया बराबरको औषधि प्रदान गर्दै आएको छ ।
सिकलसेलका विशेषज्ञ चिकित्सक डाक्टर पाण्डेले पछिल्लो समय सिकलसेल अन्य समुदायमा समेत देखिन थालेपछि यसको जाँच गर्न सुझाएकाछन् । उनले सिकलसेल रोग रोकथामका लागि विवाह कुण्डली समेत बनाएकाछन् । उनले बनाएको उक्त विवाह कुण्डली अनुसार विवाह गरेमा सिकलसेल नियन्त्रण गर्न सकिने बताउँछन् ।
थप समाचार
रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्
थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे
‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’
बिकराल बन्दै सिकलसेलसँगै थाईलेसमिया, उपचार अभावमा भौतारिदैँ अभिभावक
बाँकेका जनप्रतिनिधी सिकलसेल र थालेसेमिया रोग नियन्त्रणमा प्रतिबद्ध
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ