डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित


डब्लुएचओको ‘एक्सपर्ट प्यानेल’मा सिकलसेलका विशेषज्ञ डाक्टर पाण्डे मनोनित

नेपालगन्ज २ साउन : नेपालगन्जस्थित भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट डाक्टर पाण्डे सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका हुन् ।

विशेषगरि थारु समुदायमा देखिने सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष दखल राखेको भन्दै एनसिडिआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उनी मनोनयन भएका हुन् ।

‘मलाई स्वास्थ्य संगठनको पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन गर्नुभएकोमा एनसिडिआई पोभर्टी कमिसन नेपाल, प्राध्यापक डाक्टर भगवान कोइराला र इसिडिसी एनसिडी फोकल पर्सन डाक्टर फणिन्द्र प्रति विशेष आभार ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्ट पाण्डेले थारु समुदायमा देखिने सिकलसेल एनिमियाको अनुसन्धान गरि यसलाई स्वास्थ्य समस्याको रुपमा दर्ज गरेका हुन् । सरकारले सिकलसेल एनिमियालाई स्वास्थ्य समस्याको रुपमा लिएर सिकलसेलका विरामीलाई एक लाख रुपैँया बराबरको औषधि प्रदान गर्दै आएको छ ।

सिकलसेलका विशेषज्ञ चिकित्सक डाक्टर पाण्डेले पछिल्लो समय सिकलसेल अन्य समुदायमा समेत देखिन थालेपछि यसको जाँच गर्न सुझाएकाछन् । उनले सिकलसेल रोग रोकथामका लागि विवाह कुण्डली समेत बनाएकाछन् । उनले बनाएको उक्त विवाह कुण्डली अनुसार विवाह गरेमा सिकलसेल नियन्त्रण गर्न सकिने बताउँछन् ।

थप समाचार

रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्

थारु समुदायको मात्र होइन प्रत्येकको स्क्रिनिङ गर्न जरुरी छ : विशेषज्ञ डाक्टर पाण्डे

‘सिकलसेल र थालेसेमियाका विरामीलाई राज्यले सम्बोधन गरेन’

बिकराल बन्दै सिकलसेलसँगै थाईलेसमिया, उपचार अभावमा भौतारिदैँ अभिभावक

बाँकेका जनप्रतिनिधी सिकलसेल र थालेसेमिया रोग नियन्त्रणमा प्रतिबद्ध

सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग