दाङ : घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कोभिड –१९ को फैलँदो संक्रमणसँंग जुध्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको छ ।
नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा महामारी रोग तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी टोलीलाई थप सशक्त बनाइने उल्लेख छ ।
संघीय सरकारको सहकार्यमा उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना गरिनेछ भने एक वडा एक स्वास्थ्य संस्थाको नीतिअनुरुप प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाको सबलीकरण, सुदृढीकरण एवं भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने छ । वंशाणुगत रोग सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिसम्बन्धी बिरामीका लागि निः शुल्क रगतको व्यवस्थापन गर्न नगर प्रमुख रक्तसञ्चार सेवालाई निरन्तरता दिइने जनाइएको छ ।
त्यस्तै शून्य शुल्कमा आधारभूूत शिक्षा नमूना विद्यालय घोषणा गरी लागु गर्ने, थारु भाषाको पाठ्यक्रम निर्माण गरी कक्षा ५ सम्म ऐच्छिक विषयका रुपमा पठनपाठनको व्यवस्था मिलाइने, सामुदायिक विद्यालयमा पनि नर्सरी, एलकेजी र युकेजी गरी तीन तहमा मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन गर्ने र प्रत्येक वडामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयबाट उच्च लब्धाङ्क प्राप्त गरी प्राविधिक शिक्षा, चिकित्सा विषय अध्ययन गर्ने एक छात्र तथा एक छात्रालाई जनही रु पाँच लाख र इञ्जिनीयरिङतर्फ जनही रु तीन लाखका दरले प्रोत्साहनस्वरुप दिने व्यवस्था मिलाइने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटिएको छ । -रासस
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ