नेपालगन्ज २५ भदौ : प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’ को ९४ औं जन्मजयन्तीका अवसरमा बाँकेका पत्रकारको शनिबार निःशुल्क मृगौला परीक्षण गरिएको छ ।
पन्नालाल गुप्ता स्मृती प्रतिष्ठानको आयोजना र सेन्ट्रल सिटी हस्पिटल तथा किरण प्रभा युरो केयर रिसर्च सेन्टर प्रालि नेपालगन्जको सह–आयोजनामा ४७ जना पत्रकारको मृगौला परीक्षण गरिएको हो ।
अस्पतालका रेडियोलोजिष्ट डाक्टर रबि भुषणप्रसाद चौरसिया, प्याथोलोजिष्ट डाक्टर सर्मिला गुप्ता, डाक्टर दीपक जैसवाल, डाक्टर सुभम गुप्ता लगायतको टिम पत्रकारहरुको उपचारमा खटिएको म्यानेजर किरण ऐरीले जानकारी दिए ।
परीक्षण गराएका केहीको मृगौला अवस्था सामान्य भएपनि अधिकांश पत्रकारमा पथ्थरी, फ्याटी लिभर(ग्रेट वान÷टु), मृगौला सुन्निएको, मृगौला र पिसाबमा इन्फेक्सन, सुगर लगायत समस्या देखिएको उनले बताए ।
पत्रकारको मृगौला परीक्षण गर्नुअघि आयोजित औपचारिक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउपमेयर उमा थापामगर, वरिष्ठ पत्रकार जीवन पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँकेका पुर्वअध्यक्ष नीरज गौतम, जिल्ला सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायतले प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय गुप्ताको योगदानबारे चर्चा गरेका थिए । स्वर्गीय गुप्ताले पत्रकारिता क्षेत्रमा मात्र नभएर लोकतन्त्रका लागि पनि उत्तिकै योगदान गरेको बक्ताहरुले बताए ।
प्रतिष्ठानका अध्यक्ष एवम् नेपालगन्जका पुर्वमेयर विजय गुप्ताले आफ्ना पिताले पत्रकारिता क्षेत्र, लोकतन्त्र प्राप्तीका लागि पुर्याएको योगदानको कदर स्वरुप मान सम्माान प्राप्त गरेको बताए । पत्रकारकै संघ, संगठनको संयुक्त पहलमा आफ्ना स्वर्गीय पिताको सम्मान स्वरुप नेपालगन्जमा चोक नामाकरणले पूर्णता पाउने विश्वास लिए ।
उक्त कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष एवम् प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईले गरेका थिए । स्वर्गीय गुप्ताको यही भदौं २७ गते ९४ औं जन्मजयन्ति मनाइँदैछ । जन्मजयन्तीका अवसरमा आश्रममा रहेका बृद्धबृद्धालाई खाना खुवाउने, रक्तदान, अन्तरक्रिया लगायत कार्यक्रम पनि राखिएको प्रतिष्ठानले जनाएको छ ।
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी