वेकामे प्रयोगशाला सञ्चालनको तयारी


वेकामे प्रयोगशाला सञ्चालनको तयारी

तस्विर गुगल

नेपालगन्ज : तरकारी र फलफूलमा विषादी परीक्षणका लागि प्रदेश पाँचमा खोलिएका दुईवटा विषादी अवशेष द््रूत विश्लेषण प्रयोगशाला वेकामे भएका छन् ।
प्रदेश पाँचका बुटवल र नेपालगन्जमा रहेका प्रयोगशाला प्रदेश सरकारले चलाउने तयारी थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रयोगशाला सञ्चालनको योजना बनिरहेको बताएकी छन् । प्रयोगशाला संघीय सरकार मातहतमा खुलेका हुन् । अहिले कुन सरकार मातहत छन् भन्ने निश्चित भइरहेको छैन ।

कार्यालय सहायकले धानेका प्रयोगशालामा प्राविधिक पठाइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तयारी रहेको उनले बताईन् । वैशाखमा कर्मचारी समायोजन भएर प्रदेश र संघमा पुगेपछि प्रयोगशाला बन्द भएका हुन् । बुटवलको प्रयोगशाला बन्द भएकै कारण केही दिनअघि भैरहवा भन्सार हुँदै भित्रिने तरकारी र फलफूलको चेकजाँच काठमाडौं लिन गरिएको थियो ।

करिब एक करोड लागतमा स्थापना गरिएका बुटवल र नेपालगन्जमा रहेका दुईवटै प्रयोगशालाले काम गरेका छैनन् । कर्मचारी अभावकै कारण लामो समय नेपालगन्जमा थोक बजार प्रवेश हुने तरकारी परीक्षण भएका छैनन् । कर्मचारी समायोजनपछि प्रयोगशालामा कोही कर्मचारी खटिएनन् ।

Kanti Aarogya Hospital Nepalgunj

बुटवलको प्रयोगशालामा हाजिर भएका बाली विकास अधिृकत रामबहादुर खत्रीले भने, ‘मलाई काजमा खटाइएको छ । अब काम थालिन्छ ।’ नेपालगन्जमा पनि हालत उस्तै छ । एक जना कर्मचारीको भरमा प्रयोगशाला रहेको छ ।

प्रयोगशाला परीक्षणमा नेपाली र भारतीय उत्पादन दुवैमा विषादी भेटिएको छ । भारतबाट आउने आँप, केरा र भेडे खुर्सानीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको थियो ।