दाङमा डेंगु संक्रमित महिलाको मृत्यु


दाङमा डेंगु संक्रमित महिलाको मृत्यु

नेपालगन्ज २७ भदौ : दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।

बिसी डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानले जनाएकोछ । बिसीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखिएको थियो ।

शरीरमा अक्सिजनको लेभल र ब्लडप्रेसर घटेपछि उनको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

दाङमा पछिल्लो समय डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । प्रतिष्ठानका अनुसार दैनिक ४ देखि ५ जना डेंगी पोजेटिभ बिरामी भेटिन थालेका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको छ । सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।