नेपालगन्ज २७ भदौ : दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको मृत्यु भएको हो ।
बिसी डेंगु संक्रमित भएर सोमबार विहान नै प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी थिइन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानले जनाएकोछ । बिसीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखिएको थियो ।
शरीरमा अक्सिजनको लेभल र ब्लडप्रेसर घटेपछि उनको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
दाङमा पछिल्लो समय डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ । प्रतिष्ठानका अनुसार दैनिक ४ देखि ५ जना डेंगी पोजेटिभ बिरामी भेटिन थालेका छन् । डेंगुका विरामी घोराही र तुलसीपुरका अस्पतालमा धेरै देखिएको छ । सोमबारसम्म जिल्लामा ४०० भन्दा बढी संक्रमण पुष्टि भएको छ ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर