नेपालगन्ज ३१ भदौ : सुर्खेतका ५ औषधि पसल सिल गरिएकोछ । सुर्खेतका विभिन्न स्थानका औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएपछि ती औषधि पसलहरु सिल गरिएको छ ।
मापदण्ड विपरित सञ्चालनमा रहेका औषधि पसललाई औषधि व्यवस्था विभाग नेपालगन्जले कारबाही स्वरुप सिल गरेको हो ।
सिलबन्दी हुनेमा विरेन्द्रनगर ११ स्थित रारा क्लिनिकको फार्मेसी, विरेन्द्रनगर ११ कै कालिका फार्मेसी, गुर्भाकोट ९ स्थित ज्ञानपुञ्ज स्वास्थ्य क्लिनिकको फार्मेसी, विरेन्द्रनगर बजारको आचार्य मेडिकल हल र गुर्भाकोट १३ गुमिको गुमिचुली फार्मेसी रहेका छन् । ती औषधि पषलहरुले दर्ता नगरी सञ्चालन गरेको, दर्ता नभएको औषधिहरु सञ्चय गरेको, रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको तथा नविकरण नरहेको र व्यवसायीको अनुपस्थितिमा सञ्चालन ल्याएकोपाइएपछि सिलबन्दी गरिएको विभागका फार्मेसी अधिकृत (निरीक्षक) दिपेन्द्र कुमार साहले जानकारी दिए ।
वीरेन्द्रनगर बजारको आचार्य मेडिकल हललाई सिलबन्दी गरी १० दिनको लागी निलम्बन गरिएको छ । निरीक्षक साहले करिब २५ वटा औषधि पसलहरुको अनुगमन गरेको र त्यसमध्ये केही औषधि पसलहरुले लागु तथा मनोद्दीपक औषधिको सुरक्षित साथ भण्डारण नगरी रेकर्ड बिना बिक्रि वितरण गरेको पाइएको बताए ।
कोहिले दर्ता नभएको औषधि सञ्चय गरेको तथा कोहीमा तालिम प्राप्त व्यक्ति तथा फर्मासिस्ट नभएको र नियमित बिक्रि बिल दिने नगरेको पाइएपछि कारवाहीको लागि पत्र काटेर औषधि व्यवस्था विभाग नेपालगन्जमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै
'भेरी नदी थुनिएकाे छैन, पहिराे करिडाेरमा पहिराे खसेकाे हाे'
एप्पलको ‘फोल्डेबल’ आईफोन कस्ताे छ, कति पर्छ?
भदौं २४ मा हाम्राे घर मात्रै होइन, ओलीलाई नै जलाउने उद्देश्य थियो : राधिका शाक्य
बिपदका बेला सत्ता होइन, नागरिक जोगाउनु सरकारको पहिलो धर्म हो : बासना थापा
प्रचण्डको प्रश्न: जेन-जीले खोजेको परिवर्तन कहाँ पुग्यो?