सुर्खेतका ५ औषधि पसल सिल


सुर्खेतका ५ औषधि पसल सिल

नेपालगन्ज ३१ भदौ : सुर्खेतका ५ औषधि पसल सिल गरिएकोछ । सुर्खेतका विभिन्न स्थानका औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएपछि ती औषधि पसलहरु सिल गरिएको छ ।

मापदण्ड विपरित सञ्चालनमा रहेका औषधि पसललाई औषधि व्यवस्था विभाग नेपालगन्जले कारबाही स्वरुप सिल गरेको हो ।

सिलबन्दी हुनेमा विरेन्द्रनगर ११ स्थित रारा क्लिनिकको फार्मेसी, विरेन्द्रनगर ११ कै कालिका फार्मेसी, गुर्भाकोट ९ स्थित ज्ञानपुञ्ज स्वास्थ्य क्लिनिकको फार्मेसी, विरेन्द्रनगर बजारको आचार्य मेडिकल हल र गुर्भाकोट १३ गुमिको गुमिचुली फार्मेसी रहेका छन् । ती औषधि पषलहरुले दर्ता नगरी सञ्चालन गरेको, दर्ता नभएको औषधिहरु सञ्चय गरेको, रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको तथा नविकरण नरहेको र व्यवसायीको अनुपस्थितिमा सञ्चालन ल्याएकोपाइएपछि सिलबन्दी गरिएको विभागका फार्मेसी अधिकृत (निरीक्षक) दिपेन्द्र कुमार साहले जानकारी दिए ।

वीरेन्द्रनगर बजारको आचार्य मेडिकल हललाई सिलबन्दी गरी १० दिनको लागी निलम्बन गरिएको छ । निरीक्षक साहले करिब २५ वटा औषधि पसलहरुको अनुगमन गरेको र त्यसमध्ये केही औषधि पसलहरुले लागु तथा मनोद्दीपक औषधिको सुरक्षित साथ भण्डारण नगरी रेकर्ड बिना बिक्रि वितरण गरेको पाइएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोहिले दर्ता नभएको औषधि सञ्चय गरेको तथा कोहीमा तालिम प्राप्त व्यक्ति तथा फर्मासिस्ट नभएको र नियमित बिक्रि बिल दिने नगरेको पाइएपछि कारवाहीको लागि पत्र काटेर औषधि व्यवस्था विभाग नेपालगन्जमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।