डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो


डुडुवामा एमाले र जसपाको दादागिरी : चार महिनादेखि अबरुद्ध गाउँपालिकाको सेवा प्रवाहबारे अधिकारकर्मीको चासो

नेपालगन्ज ३ असोज : बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमाले र जनता समाजबादी पार्टी (जसपा) ले कार्यपालिकामा आफ्नो बहुमतको आडमा ४ महिनादेखि अवरोध गर्दै आएपछि बाँकेका अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण जनाएकाछन् ।

डुडुवा गाउँपालिका बजेट र कार्यक्रमविहीन भई सेवा प्रवाहमा असर परेको बारेमा बाँकेका अधिकारकर्मीले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

संविधान दिवसका सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी अधिकारकर्मीले राजनैतिक दलहरु बिचको किचलोका कारण नीति तथा कार्यक्रम र बजेट पारित नगरिदाँ आम नागरिकको बिकास र सेवा प्रवाहमा पारेको असर परेको भन्दै तत्काल समस्याको निकास खोज्न सम्बन्धित राजनैतिक दल र सरोकारवालाई आग्रह गरेका हुन् ।

अन्य स्थानीय तहका नीति तथा कार्यक्रम पारित गरि विकास तथा अन्य कार्यक्रम सुचारु गरिसकेको सन्दर्भमा दलीय खिचातानीको कारण सिफारिस बाहेक अन्य कार्य रोकिनु दुखद् भएको भन्दै यतिका समयसम्म समस्या समाधान नगरिनु गम्भीर चिन्ताको बिषय भएको नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्कीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नीति तथा कार्यक्रम पारित नगरिदाँ कर्मचारीहरु तलब खान पाएका छैनन् । कामबिहिन जस्तै भएका कर्मचारीहरु दैनिक प्रशासनिक काममा सिमित भएका छन् ।

गाउँपरिषद्बाट नीति तथा कार्यक्रम पास नगरेका कारण गाउँपालिकाको खाता ठप्प छ । खाता कहिले सुचारु हुन्छ ठेगान पनि छैन । दलीय असमझदारीका कारण गाउँसभा तीनपटक असफल भईसकेको छ । गाउँपालिका नै कार्यक्रम र योजनाविहीन बनेको छ ।

थप समाचार

डुडुवामा एमाले र जसपाको दादागिरी : बहुमतको आडमा बैठक अवरोध गर्दै

डुडुवामा एमाले र जसपाको भाँजो कायमै : गणपुरक संख्या नपुगेपछि गाउँसभा बैठक स्थगित