नेपालगन्ज ४ असोज : इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैँ तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफरअन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ८९८ रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टीभी र १४ हजार ५०० रुपैयाँमा (भ्याटसहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् ।
यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ ।
त्यस्तै, ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ । सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ