नेपालगन्ज ४ असोज : नर्सिङ्ग पेशामा आवद्ध भएका शिक्षक तथा प्रशिक्षक लगायतका अन्य कर्मचारीले भविष्य धरापमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षंण गराएका छन् ।
बाँकेमा रहेका ५ वटा नर्सिङ्ग कलेजहरुमा आवद्ध शिक्षक, प्रशिक्षक तथा अन्य कर्मचारीहरुले आफ्नो रोजीरोटि गुम्न लागेको भन्दै सरकार तथा सम्बन्धित निकायले गम्भीर हुनु पर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।
सरकारले आगामी वर्षदेखि नर्सिङ्ग कलेज बन्द गर्ने निर्णय गरेसँगै आफुहरु बेरोजगार हुने भन्दै उनीहरुले विकल्पको माग समेत गरेका छन् । साथै नर्सिङ्ग पढिरहेकाहरुको पनि भविष्य अप्ठेरोमा पर्ने भएको हुँदा यस विषयमा सोच्नुपर्ने उनीहरुको भनाई रहेको छ ।
नर्सिङ्ग कलेज बन्द भएको अवस्थामा बेरोजगार हुने अवस्था आउने भएका कारणले समयमै यस विषयमा सोच्नुपर्ने बेला आएको हुँदा समस्याको समाधानका लागी आफुहरुले आग्रह गरेको बिमला डाँगीले बताइन् ।
यस्तै शीला रावतले आफू कार्यरत कलेजमा लामो समयदेखि काम गर्दै आइरहेको र स्थायी कर्मचारी नभएकै कारण पनि कलेजहरु बन्द भए रोजीरोटी गुम्ने बताइन् ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु