‘नर्सिङ्ग पेशामा आवद्धको भविष्य धरापमा’


‘नर्सिङ्ग पेशामा आवद्धको भविष्य धरापमा’

नेपालगन्ज ४ असोज : नर्सिङ्ग पेशामा आवद्ध भएका शिक्षक तथा प्रशिक्षक लगायतका अन्य कर्मचारीले भविष्य धरापमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षंण गराएका छन् ।

बाँकेमा रहेका ५ वटा नर्सिङ्ग कलेजहरुमा आवद्ध शिक्षक, प्रशिक्षक तथा अन्य कर्मचारीहरुले आफ्नो रोजीरोटि गुम्न लागेको भन्दै सरकार तथा सम्बन्धित निकायले गम्भीर हुनु पर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।

सरकारले आगामी वर्षदेखि नर्सिङ्ग कलेज बन्द गर्ने निर्णय गरेसँगै आफुहरु बेरोजगार हुने भन्दै उनीहरुले विकल्पको माग समेत गरेका छन् । साथै नर्सिङ्ग पढिरहेकाहरुको पनि भविष्य अप्ठेरोमा पर्ने भएको हुँदा यस विषयमा सोच्नुपर्ने उनीहरुको भनाई रहेको छ ।

नर्सिङ्ग कलेज बन्द भएको अवस्थामा बेरोजगार हुने अवस्था आउने भएका कारणले समयमै यस विषयमा सोच्नुपर्ने बेला आएको हुँदा समस्याको समाधानका लागी आफुहरुले आग्रह गरेको बिमला डाँगीले बताइन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै शीला रावतले आफू कार्यरत कलेजमा लामो समयदेखि काम गर्दै आइरहेको र स्थायी कर्मचारी नभएकै कारण पनि कलेजहरु बन्द भए रोजीरोटी गुम्ने बताइन् ।