लाखौंको औषधि विमानस्थलमै थन्कियो


लाखौंको औषधि विमानस्थलमै थन्कियो

नेपालगन्ज : कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौ मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज बिमानस्थलमा नै थन्किएको छ । नेपालगन्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधी नेपालगन्जमै थन्किएको हो ।

औषधी यहि थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगन्जदेखि जुफाल उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् ।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि बिमानस्थल बन्द भएको उनले बताए । दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन् । औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगन्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डाक्टर सिजन रावलले बताए ।

हरेक दिन बिरामी थपिरहेका छन्, भुँइमा राखेका छौं, बिरामी तर, औषधिको पीरलो भइरहेको छ डक्टर रावलले भने ‘यदि औषधि सकियो भने अन्य कुनैपनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौं,’ ।

Kanti Aarogya Hospital Nepalgunj

मौज्जात औषधि सकिदै गएको अस्पतालले जनाएको छ । बिमानस्थलमा चार दिनदेखि बाग्लो हुस्सुले ढाकेको छ । शुक्रबारसम्म पनि बादलले बिमानस्थल मात्रै नभएर डोल्पाको ८० प्रतिशत भूभाग ढपक्कै छोपेको छ । दैनिक उडानको आसमा बसेका यात्रुहरु समेत मर्कामा परेका छन् ।

मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्स लगायतका सरकारी तथा नीजि बिमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेसन इन्चार्ज पूर्णजँग शाही बताउँछन् ।