बाँकेबाट प्रदेश सभाका लागि काँग्रेसका ८ जना बन्दसूचीमा


बाँकेबाट प्रदेश सभाका लागि काँग्रेसका ८ जना बन्दसूचीमा

नेपालगन्ज ९ असोज : नेपाली काँग्रेसले निर्वाचनमा आयोगमा बुझाएको लुम्बिनी प्रदेशसभा सदस्य तर्फको समानुपातिकको बन्दसूचीमा बाँकेका आठ जना परेका छन् ।

प्रदेश सभा सदस्यका लागि काँग्रेसबाट समानुपातिकको बन्द सूचीमा पर्नेहरु महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश सदस्य, पार्टी सचिव र क्षेत्रीय सभापतिसम्मको नाम समेटिएको छ ।

काँग्रेस महासमिति सदस्य माया पुन (आदिवासी जनजाती)तर्फ दोस्रो नम्बरमा अटाएकी छिन् । भने लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे (खसआर्य)को सूचीमा छैठौं नम्बरमा परेकी छन् ।

नेपाली काँग्रेस बाँके जिल्ला सचिव तथा कोहलपुर नगरपालिकाकी निवर्तमान उपमेयर समेत रहेकी सञ्जुकुमारी थारु (थारु क्लष्टर)मा एक नम्बरमा पर्दा महाधिवेशन प्रतिनिधि संगिताकुमारी थारु तेस्रो नम्बरमा अटाएकी छिन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै काँग्रेस बाँके जिल्ला सहसचिव विनोदकुमार थारु (पुरुष थारु)तर्फ दोस्रो नम्बरमा परेका छन् भने महाधिवेशन प्रतिनिधि मिनाकुमारी बोहरा सिद्धिकी (मुस्लिम) कोटामा एक नम्बरमा परेकी छिन् ।

काँग्रेस क्षेत्र नम्बर–३ का सभापति नक्की खाँ (मुस्लिम) कोटामा दोस्रो स्थानमा रहँदा काँग्रेस बाँकेकी जिल्ला सदस्य सुशीला बादी नेपाली (अल्पसंख्यक) कोटामा एक नम्बरमा रहेकीछन् ।

यसैबीच, नेपाली काँग्रेसले असोज ३ गते बुझाएको सूचीमा आयोगले छानविन गरेको छ । आजदेखि १६ गतेसम्म त्रुटी सच्याउन समय दिइएको छ । लुम्बिनी प्रदेशबाट समानुपातिकतर्फ ३५ जना निर्वाचित हुन्छन् ।

थप समाचार

शुसील कोइरालाकी भाइबुहारीसहित बाँकेबाट तीन जना समानुपातिक सूचीमा