नेपालगन्ज १३ असोज : नेपालगन्ज उपमहानगरपालिकाले मोतियाविन्दुको निःशुल्क अपरेशन गर्ने भएको छ । फत्तेबाल आँखा अस्पतालसँगको सहकार्यमा मोतियाविन्दुको निःशुल्क अपरेशन गरिने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले बिहीबार आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कमरुद्दिन राईले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको सिफारिसमा निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बताए ।
उनले नगरलाई फ्रि–वाईफाई जोन बनाउने गरी काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए । उपप्रमुख राईले वडा वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जानकारी गराउँदै वडाबासीको अनुहारमा देखिएको खुसीले आफूहरुलाई सन्तोष मिलेको बताए ।
दशैं, तिहार, छठ, मोहम्मद डे र गुरुनानक डेको अवसरमा शुभकामना दिँदै उपमेयर राईले यी चाडपर्वहरुले आपसी भाइचारा, एकता र सद्भाव बृद्धि गर्ने बताए ।
नेपालगन्ज देशकै नमुना सहर भएको बताउँदै उनले एक अर्काको पर्वमा नेपालगञ्जबासीले देखाउने आत्मीयता र सहिष्णुता अद्वितीय रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता एवम् वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजाल, २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायत उपस्थित थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी