डेंगु प्रकोप : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो


डेंगु प्रकोप  : ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

नेपालगन्ज २२ असोजः नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो । यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो ।

यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो । यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ ।

Kids Festival 2022
kanti aarogya hospital