चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी पविताको उद्धार हुन नसक्दा ज्यान गयो


चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी पविताको उद्धार हुन नसक्दा ज्यान गयो

नेपालगन्ज २५ असोज : चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ ।

खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसममा सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फिर्ता भएको थियो । -रासस