नेपालगन्ज ६ कार्तिक : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागी बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनाल आफ्नो चुनावी घरदैलो शहर केन्द्रित बनाएका छन् ।
रोचक शैलीमा चुनावी कार्यक्रममा हिँडेका खनाल हँसिलो मुहारसहित जनताको घरदैलोमा पुग्दा स्थानीयबासीहरु निकै उत्साहित देखिएका थिए । हिन्दु धर्मका अगुवाका रुपमा रहेका दीवाकर धर्म निरपेक्ष विरुद्धको मुख्य एजेण्डा लिएर मतदाताको घरघर पुगिरहेकाछन् ।
जित हार भन्दा पनि हिन्दु एकताका लागि आफ्नो उम्मेदवारी रहेको बताउँने खनालले आफुलाई सबैको सहयोग रहनेमा विश्वस्त छन् ।
आर्ना चुनाव चिन्ह सहित घरदैलोमा पुगेका स्वतन्त्र उम्मेदवार दीवाकर भन्छन्, ‘धर्मको नाममा राजनीति गर्नेहरुको विरुद्धमा मेरो उम्मेदवारी हो, हामी धर्मको पक्षमा इमान्दार रहनुपर्दछ ।’
नेपाल शिवसेना लगायतका संगठनहरुको साथ र सहयोग पाएका स्वतन्त्र उम्मेदवार खनालले शहरमा आफ्ना बारेमा कस्ले के भन्छ ? भन्नु भन्दा पनि हामी को हौं र के गरिरहेका छौं भन्ने विषय जनतामाझ पु¥याइरहेको बताए ।
थप समाचार