हेमन्तको अवस्था गम्भीर


हेमन्तको अवस्था गम्भीर

नेपालगन्ज : दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेका हेमन्त सिहं ठकुरीको स्वास्थ्य अवस्था एकदमै गम्भीर बन्दै गएको छ । सोमबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अब उपचार सम्भव नभएको भन्दै घर लैजान सुझाव समेत दिएको छ ।

सल्यान घर भई हाल कोहलपुर १ कौसिल्यानगरमा आफ्नो दिदिभिना जुसँग बसेर उपचार गराइरहेका हेमन्तको आइतबार स्वास्थ स्थिती झन जटिल बन्दै गएपछि आइसियु कक्षमा भर्ना गरिएको थियो ।

गम्भीर अवस्थामा पुगिसकेका विरामी हेमन्तकी दिदि सुमित्रासिहं ठकुरीका अनुसार डाक्टरले थप उपचार सम्भव नभएको भन्दै घर लैजान सुझाव दिएका छन् । हेमन्तको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सुरवाती दिनमा कठिनाई आएको थियो ।

पछि मृगौला पीडित ठकुरीलाई बचाउनका लागी विभिन्न सहयोगका कार्यक्रम गरेर केही रकम संकलन पनि गरिएको थियो । तर, उपचार हुदाँ हुदै पनि ठकुरीले आफ्नो होस गुमाउने, एक्लै बरबराउने, मान्छे चिन्न छाडेपछि आइसियु कक्षमा भर्ना गरिएको थियो।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालले घर लैजान सुझाव दिएपछि हेमन्तको घरमा रुवाबासीनै चलेको छ । अस्पतालले नै उपचार सम्भव नभएको भनेपछि हेमन्तलाई उनको गृह जिल्ला सल्यान लगिएको छ ।