डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक

मतदाताहरुको साथ र समर्थनले उत्साहित छौं : फुलाराम


डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक

कोहलपुर १८ कार्तिक: पाँच दलिय लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई कोहलपुर नगरपालिका वडा नम्बर–१० का मतदाताले डुडुवा तटबन्धन योजनालाई पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

बाँके क्षेत्र नम्बर–१ बाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार महेश्वरजंग गहतराज (अथक) र प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारु सहित लोकतान्त्रिक–बाम गठबन्धन दलहरुको घरदैलो कार्यक्रममा ‘डुडुवा समस्या समाधानका लागि तटबन्धन मुलुकको सम्बृद्विका लागि लोकतान्त्रिक–बाम गठबन्धन’ अपरिहार्य रहेको भन्दै मतदाताहरु उत्साहित देखिएका छन् ।

घरदैलोका क्रममा विद्युतरोड, कालिकानगर र एकतानगर क्षेत्रका मतदाताहरुले विकास र सम्बृद्विको अभियानलाई पूर्णता दिनसकेको खण्डमा राजनीतिक नेतृत्व सफल हुने बताए ।

लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारहरुले विकास र सम्बृद्विको एजेण्डा नै अहिलेको गठबन्धनको औचित्य भएकाले क्षेत्रगत विकासको सन्दर्भमा सदैव संवेदनशील रहने प्रतिबद्वता व्यक्त गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

मतदातामा देखिएको उत्साहले गठबन्धनका उम्मेदवारहरुले नै काम गर्ने जिम्मेवारी वहन गर्नेमा कुनै शंका नरहेको माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर– १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अथकको भनाई छ ।

‘मतदाताको घरदैलोमा पुग्दै गर्दा आत्मियता र सदासायता प्रकट गर्ने मतदाताहरुको मनोभाव विपरित हामी कहि कतै विचलित हुने छैनौं’ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार अथकले भने, ’डुडुवा खोलाले वर्षेनी पुर्याउँदै आएको कटान र डुवानको समस्या समाधानकालागि तटबन्धनको योजनालाई पूर्णता दिन प्रतिवद्द छौं ।’

यस्तै प्रदेश सभा सदस्य सदस्य पदका उम्मेदवार फुलाराम थारुले वडा नम्बर–१० का मतदाताहरुको साथ र समर्थनले थप उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

हिजो मुलुकमा चर्किरहेको १० वर्षे द्वन्द्व व्यवस्थापनमा तत्कालिन नेपाली नेपाली काँग्रेस सभापति गिरिजा प्रसाद कोइराला र विद्रोही पक्ष तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निभाएको भूमिकालाई विश्व राजनीतिमा महत्वका साथ हेरिएको बताउँदै थारूले गिरिजा र प्रचण्डले नेपाली राजनीतिमा नयाँ चरणको विकास र सम्बृद्विको मार्ग देखाए अनुरुप आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उल्लेख गरे ।

उनले नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन पछि राजनीतिक विकासक्रममा नयाँ आयाम थपिनेमा मतदाता विश्वस्त देखिएकाले जनताका सबै खाले समस्या समाधानका लागी गठबन्धनको आवश्यकता रहेको दाबि गरे ।

घरदैलो कार्यक्रममा माओवादी केन्द्रको स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, नेपाली काँग्रेसका नेता बलराम शर्मा, कृष्ण कार्की, टेक नारायण भुषाल, निरज चलाउने लगाएतका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

बाँके निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधी सभामा महेश्वरजंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा–१ (क) मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हँसिया हथौडा र १ (ख) मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

थप समाचार

कोहलपुरमा गठबन्धनको घरदैलो शुरु, जुड्दै जनसमर्थन

‘विकासको एजेण्डा लिएर मतदाताको घरआँगनमा मन्त्री अथक’

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक