गठबन्धनका उम्मेदवारलाई पुर्व जनमुक्ति सेनाको साथ


गठबन्धनका उम्मेदवारलाई पुर्व जनमुक्ति सेनाको साथ

कोहलपुर १९ कार्तिक : पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउने प्रतिबद्धता ब्यक्त गरेकाछन् ।

जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच शनिबार विहान कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनीहरुले लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन् ।

आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुले आफुहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए ।

‘महान जनयुद्ध र दोस्रो जनआन्दोलन’बाट ब्यवस्था बदलिय पनि आम नागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुे पर्नेमा उनीहरुले जोड दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नम्बर–१, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको ब्यवस्था ल्याउनमा जनमुक्ती सेनाले खेलेको भुमिका अतुलनिय रहेको बताए ।

उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात÷अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धनको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे ।

‘दश वर्षे जनयुद्धले वर्षौँदेखी जरा गाडेर बसेको ब्यवस्थाको अन्त्य ग¥यो’ माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका अथकले भने, –‘यो तपाई हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।’

कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनका लागी लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनु पर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे ।

बिभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बिच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनार्ई थियो ।

यसैबिच चुनावि अभियानकै क्रममा पाँच दलिय लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारहरुले क्षेत्र नम्बर– १ का बिभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

अभियानकै क्रममा शनिबार कोहलपुर तथा राप्तीसोनारीका बिभिन्न वडामा वडास्तरीय कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार अथकसँगै प्रदेश (क) का उम्मेदवार कृष्णा केसी (नमुना) र प्रदेश (ख) का उम्मेदवार फुलाराम थारु सहभागी भएकाछन् ।

थप समाचार

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक