File Photo
नेपालगन्ज १९ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ प्रतिनिधीसभाका उम्मेदवार डाक्टर धवल शमशेर राणाले मत किन्ने विरुद्ध शसक्त भएर उभिन अपील गरेकाछन् ।
आफूले जनताको मन जितेर मत लिने बताउदै राणाले भने –‘झुठा आस्वासन र बाचा गरि केही सहयोग र आर्थिक प्रलोभनमा पारि मत किन्न खोज्नेदेखि सावधान रहनुहोस् ।’
आक्रमकरुपमा चुनावी प्रचारप्रसार गरिरहेका डाक्टर राणाले शनिबार नेपालगन्जमा मतदाताहरु माझ बोल्दै भने ‘अब जनतालाई ढाँटेर, झुठा आश्वासन दिएर मत किन्छु र जित्छु भन्ने ठान्नेहरुलाई तपाई (मतदाताले) तह लगाउनुपर्छ । भिजन र योजनाविहीन यस्ता ब्यक्तिबाट सबै सर्तक हुनुपर्छ । जनताको मताधिकार किनेर निर्वाचनमा जित्छु भन्नु दिवा स्वप्न हो ।’
‘चुनावी प्रचारका लागि मैले एउटा सेकेण्ड ह्याण्ड गाडी किने, अरु उम्मेदवारलाई हेर्नूस्, करोडौ पर्ने दर्जनौं गाडी र लावालस्करसहित प्रचार गरिरहेका छन्’ उम्मेदवार डाक्टर राणाले आफ्नो प्रचारप्रसार गर्दा समर्थक र शुभचिन्तकको साथ भाडाका एक÷दुई गाडी लिइएर प्रचार गरिरहेको बताए ।
डाक्टर राणाले मतदातालाई पैसा दिएर किन्न खोज्नेले पदमा पुगेपछि भ्रष्टाचार गर्ने बताउँदै त्यस्ता केही नेता जनताको घरदैलोमा पुगिरहेकाले उनीहरुबाट साबधान रहन पनि आग्रह गरे ।
‘आफुलाई विकासवादी भनेर प्रचार गर्न रुचाउनेको तामझाम हेर्नुस् कस्तो छ ? यसरी तामझाम गर्ने पैसा कहाँबाट आयो अब सोध्नुहोस्’ डाक्टर राणाले भने ।
दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै जनतनको घरदैलोमा पुगेकाछन् ।
स्पष्ट एजेण्डासहित जनताको घरदैलो पुगिरहेका डाक्टर राणाको पक्षमा स्वस्फूर्त जनलहर बढ्दै गएकोछ । बाँकेको राजनीतिमा ब्राण्ड स्थापित गरेका डाक्टर राणा नगरविकासमा विद्यावारिधि गरेका योग्य नेताका रुपमा परिचित छन् ।
भ्रष्टाचारका विरुद्ध खरो बोल्ने, कुशल प्रशासकसंगै बौद्धिक नेताका रुपमा परिचित डाक्टर राणा नेपालगन्जको मेयरको कार्यकाल केही अपबाद बाहेक पूर्ण रुपमा सफल कार्यकाल रह्यो । त्यसैले सबै उमेरसमुहबीच डाक्टर राणा लोकप्रिय छन् ।
नेपालगन्जको मेयर भएर विकासका क्षेत्रमा अतुलनिय योगदान पु¥याएका डाक्टर धवल केन्द्रिय राजनीतिबाट बाँकेको मुहार फेर्ने हुटहुटीका साथ बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकाछन् ।
डाक्टर राणा नेपालगन्जमा मात्र नभएर डुडुवा गाउँपालिकाका सबै बस्ती र टोलमा समेत चिरपरिचित छन् । उनै चर्चित नेता राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिएकाछन् ।
थप समाचार
प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण
भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल
विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ