मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई डाक्टर धवलको अपील


मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई डाक्टर धवलको अपील

File Photo

नेपालगन्ज १९ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ प्रतिनिधीसभाका उम्मेदवार डाक्टर धवल शमशेर राणाले मत किन्ने विरुद्ध शसक्त भएर उभिन अपील गरेकाछन् ।

आफूले जनताको मन जितेर मत लिने बताउदै राणाले भने –‘झुठा आस्वासन र बाचा गरि केही सहयोग र आर्थिक प्रलोभनमा पारि मत किन्न खोज्नेदेखि सावधान रहनुहोस् ।’

आक्रमकरुपमा चुनावी प्रचारप्रसार गरिरहेका डाक्टर राणाले शनिबार नेपालगन्जमा मतदाताहरु माझ बोल्दै भने ‘अब जनतालाई ढाँटेर, झुठा आश्वासन दिएर मत किन्छु र जित्छु भन्ने ठान्नेहरुलाई तपाई (मतदाताले) तह लगाउनुपर्छ । भिजन र योजनाविहीन यस्ता ब्यक्तिबाट सबै सर्तक हुनुपर्छ । जनताको मताधिकार किनेर निर्वाचनमा जित्छु भन्नु दिवा स्वप्न हो ।’

‘चुनावी प्रचारका लागि मैले एउटा सेकेण्ड ह्याण्ड गाडी किने, अरु उम्मेदवारलाई हेर्नूस्, करोडौ पर्ने दर्जनौं गाडी र लावालस्करसहित प्रचार गरिरहेका छन्’ उम्मेदवार डाक्टर राणाले आफ्नो प्रचारप्रसार गर्दा समर्थक र शुभचिन्तकको साथ भाडाका एक÷दुई गाडी लिइएर प्रचार गरिरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

डाक्टर राणाले मतदातालाई पैसा दिएर किन्न खोज्नेले पदमा पुगेपछि भ्रष्टाचार गर्ने बताउँदै त्यस्ता केही नेता जनताको घरदैलोमा पुगिरहेकाले उनीहरुबाट साबधान रहन पनि आग्रह गरे ।

‘आफुलाई विकासवादी भनेर प्रचार गर्न रुचाउनेको तामझाम हेर्नुस् कस्तो छ ? यसरी तामझाम गर्ने पैसा कहाँबाट आयो अब सोध्नुहोस्’ डाक्टर राणाले भने ।

दुई पटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व गरेका डाक्टर राणाले बाँकेको क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेलगत्तै जनतनको घरदैलोमा पुगेकाछन् ।

स्पष्ट एजेण्डासहित जनताको घरदैलो पुगिरहेका डाक्टर राणाको पक्षमा स्वस्फूर्त जनलहर बढ्दै गएकोछ । बाँकेको राजनीतिमा ब्राण्ड स्थापित गरेका डाक्टर राणा नगरविकासमा विद्यावारिधि गरेका योग्य नेताका रुपमा परिचित छन् ।

भ्रष्टाचारका विरुद्ध खरो बोल्ने, कुशल प्रशासकसंगै बौद्धिक नेताका रुपमा परिचित डाक्टर राणा नेपालगन्जको मेयरको कार्यकाल केही अपबाद बाहेक पूर्ण रुपमा सफल कार्यकाल रह्यो । त्यसैले सबै उमेरसमुहबीच डाक्टर राणा लोकप्रिय छन् ।

नेपालगन्जको मेयर भएर विकासका क्षेत्रमा अतुलनिय योगदान पु¥याएका डाक्टर धवल केन्द्रिय राजनीतिबाट बाँकेको मुहार फेर्ने हुटहुटीका साथ बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेकाछन् ।

डाक्टर राणा नेपालगन्जमा मात्र नभएर डुडुवा गाउँपालिकाका सबै बस्ती र टोलमा समेत चिरपरिचित छन् । उनै चर्चित नेता राणाले भ्रष्टाचार विरुद्धको अभियानलाई चुनावी एजेण्डा बनाएर निर्वाचनमा होमिएकाछन् ।

थप समाचार

प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण

भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल

विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर