नेपालगन्ज २१ कार्तिक : बाँकेका एक जना उम्मेदवारलाई गाली गलौच गर्दै भोट नहाल्न सार्वजनिक रुपमा अभिब्यक्ति दिने एनजिओ (महिला अधिकार मञ्च) माथी कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
मञ्चकी अध्यक्ष रुबी खानविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले कारबाही प्रक्रिया अगाडी बढाएको हो । केहीदिन अघि मञ्चकी अध्यक्ष खानले पत्रकार सम्मेलन गर्दै बाँके प्रदेश सभा–३(२)का उम्मेदवार बादशाह कुर्मीमाथी गाली गलौच गर्दै भोट नहाल्न सार्बजनिक रुपमा अभिब्यक्ति दिएर आचारसंहिता उल्लंघन गरेको भनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेसँगै कारबाही प्रक्रिया अगाडी बढाइएको हो ।
जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत खडानन्द अधिकारीले रुबी खान अध्यक्ष रहेको उक्त एनजिओमाथी कारबाही प्रक्रिया अगाडी बढाइएको जानकारी दिए । सोही विषयमा उजुरी परेपछि कारबाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।
‘कुनैपनि उम्मेदवार विरुद्ध अर्काे उम्मेदवार वा संघ संस्थाले गालीगलौच गर्न पाउँदैन,’ उनले भने ‘महिला अधिकार मञ्चका विरुद्ध आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोध्ने तयारीमा छौं ।’ आयोगको कारबाहीमा परेपछि उक्त एनजिओका लागि कुनैपनि सरकारी वा गैरसरकारी निकाय, अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोग समेत रोकिनेछ ।
अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा निकायको सहयोग र ईशारामा मञ्चले विभिन्न मुद्दा र आन्दोलनका नाममा ‘डलर खेती’ गर्ने गरेको आरोप लाग्ने गरेको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत धनसिंह महरले कुनैपनि उम्मेदवार र निकायले उम्मेदवारका विरुद्ध अभिब्यक्ति दिन नपाउने कुरा स्पष्ट उल्लेख रहेको बताउँदै महिला अधिकार मञ्चले आचारसंहिता विपरित पत्रकार सम्मेलन गरेर अभिब्यक्ति दिएकाले उजुरीका आधारमा उसमाथी कारबाही प्रक्रिया अगाडी बढाइएको प्रष्ट्याए ।
‘हामी महिला अधिकार मञ्चमाथी कारबाही गर्ने प्रक्रियामा छौं, आयोगले यस विषयमा उचित निर्णय लिनेछ,’ मुख्य निर्वाचन अधिकृत महरले भने ।
थप समाचार
२० दिन पैदल हिँडेर काठमाण्डौं पुगेकी रुबी खान बहुबिबाहमा पक्राउ