नेपालगन्ज २२ असोज : महिला अधिकारकर्मी हुँ भन्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाण्डौ पुगेकी रुबी खान बहुबिबाह केसमा पक्राउ परेकीछन् ।
नेपालगन्जकी नन्कुनी धोवि र निर्मला कुर्मीको हत्या भएको भन्दै नेपालगन्जबाट पैदल हिँडेर काठमाण्डौंको माइतीघर मण्डलामा धर्ना बसेकी खानलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
उच्च प्रहरी स्रोतका अनुसार बहुबिबाह केसमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेपछि माइतिघर मण्डलामा साँझको खाना खाइरहेका बेला नेपाल प्रहरीले पक्राउ गरेकोछ ।
खानले आफ्नो विवाह नेपालगन्जका मोहम्मद शेर बागवानसंग भएको र सम्बन्ध विच्छेद गरिपाउँ भनि जिल्ला अदालत बाँकेमा निवेदन दर्ता गराएपछि अदालतले श्रीमती भनिएकी रुबी खानलाई पक्राउ गरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएको काठमाण्डौं उच्च प्रहरी स्रोतले सेतोखरीलाई जनाएकोछ ।
रुबी खानले आफ्नो विवाह मोहम्मद शेर बागवानसंग भएको भनिएका बागवानकी श्रीमती उनीसंग छिन् । काठमाण्डौको उच्च प्रहरी स्रोतका अनुसार रुबी खान मोहम्मद शेर बागवानकी कान्छी श्रीमती भएकाले प्रहरीले अदालतको आदेश अनुसार रुबी खान र मोहम्मद शेर बागवानलाई पक्राउ गर्ने तयारी गरेको थियो ।
काठमाण्डौमा धर्ना बसेकी खानलाई प्रहरी हेडक्वाटरले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी गरेको उच्च प्रहरी स्रोतले सेतोखरीलाई जानकारी दिएकोछ ।
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल
पार्टीको ‘ह्वीप’ मानेकी अम्बिकाको पद गुम्यो, नमान्ने सांसदहरू सरकारमै
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं