नेपालगन्ज २२ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनालको पम्पलेटमाथि मोहम्मद इस्तियाक राईको स्टिकर टाँसिएको पाइएकोछ ।
इस्तिायकले यसरी आफ्ना प्रतिद्वन्द्वीको पम्पलेटमाथि आफ्नो स्टिकर टाँसेको पहिलो घटना होइन । केही दिनअघि मात्रै बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषको पम्पलेटमाथि इस्तियाकको स्टिकर टासिएको पाइएको थियो ।
जसपाका नेता समेत रहेका इस्तियाक बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका उम्मेदवार छन् । यीनै उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही स्वरुप हिजो ९सोमबार० मात्रै २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
आफ्नो पम्पलेटमाथि इस्तियाकको स्टिकर टाँसिएको भेटाएपछि स्वतन्त्र उम्मेदवार दीवाकरले निर्वाचनमा प्रत्यक्ष भिड्न नसकेपछि आफ्नो पर्चापब्पिलेट माथि इस्तियाकले तुक्ष राजनीति गर्न थालेको प्रतिक्रिया दिएकाछन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि हाल देश निर्वाचनमय भएकोछ । राजनीतिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा आफ्ना एजेण्डासहित कसरत गरिरहेका देखिन्छन् ।
निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिएएपनि इस्तियाकले निर्वाचन आचारसंहिता विरुद्ध गएर आफ्ना प्रतिद्वन्द्वीको पोष्टरमाथि स्टिकर टास्दै हिँड्दा निर्वाचन आयोग मौन बसेको स्वतन्त्र उम्मेदवार दीवाकरको भनाईछ ।
उनले एक उम्मेदवारले अर्को उम्मेदवारको प्रचारप्रसारमा बाधा पुग्नेगरि पोष्टरमाथि नै राजनीति गर्दै स्टिकर टास्न लगाउने गतिबिधि तत्काल रोक्नु पर्ने बताए ।
यता प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इस्तियाकले नेपालगन्जका विभिन्न ठाँउामा स्वतन्त्र उम्मेदवार दीवाकर खनालको प्रचापम्पलेटमाथि आफ्नो स्टिकर टाँसेको दीवाकरको सचिवालयले जनाएकोछ ।
उम्मेदवार दीवाकरको चुनावी अभियान र प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी इस्तियाकको स्टिकर टाँसिएको घटनाप्रति दीवाकरले भने–‘हाम्रो प्रचारप्रसार र हिन्दुहरु एकीकृत भएको देखेर उनी आतिएकाछन् । तीन–तीनपटक मन्त्री भइसकेका इस्तियाकमा राजनीतिक गुण र छवि देखिएन ।’
उनले भने –‘हारको मानसिकतामा पुगेका इस्तियाकले यस्तो तुच्छ गतिविधिमा उत्रिए । यसबाट स्पष्ट हुन्छ की उनको विकास अभियान लिपपोत मात्र हो ।’
पटक–पटक यस्तो घटना घट्नु र निर्वाचन आयोगले केही वास्ता नगर्नु कतै आयोगले उनलाई यस्तो क्रियाकलापमा सघाएको हो की भन्ने आम जनमानसमा सन्देश गइरहेको उम्मेदवार खनालले प्रश्न गरे ।
उम्मेदवार राईको तर्फबाट यस्तो गतिविधि सार्वजनिक भएपश्चात यतिबेला सामाजिक सञ्जाल इस्तियाकको विरुद्धमा रङ्गीएको छ । उम्मेदवार दीवाकरले यस्तो गतिविधिको कडा बिरोध गर्दै मिडिया मार्फत आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।
थप समाचार
इस्तियाकलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
निर्वाचन आचारसंहिता विरुद्ध स्वतन्त्र उम्मेदवार शेषको पोष्टरमाथि इस्तियाकको स्टिकर
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ