स्वतन्त्र उम्मेदवार दीवाकरको पप्पलेटमाथि इस्तियाकको स्टिकर


स्वतन्त्र उम्मेदवार दीवाकरको पप्पलेटमाथि इस्तियाकको स्टिकर

नेपालगन्ज २२ कार्तिक : बाँकेको क्षेत्र नम्बर–२ बाट संघीय सांसदका स्वतन्त्र उम्मेदवार दीवाकर शर्मा खनालको पम्पलेटमाथि मोहम्मद इस्तियाक राईको स्टिकर टाँसिएको पाइएकोछ ।

इस्तिायकले यसरी आफ्ना प्रतिद्वन्द्वीको पम्पलेटमाथि आफ्नो स्टिकर टाँसेको पहिलो घटना होइन । केही दिनअघि मात्रै बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेषको पम्पलेटमाथि इस्तियाकको स्टिकर टासिएको पाइएको थियो ।

जसपाका नेता समेत रहेका इस्तियाक बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभाका उम्मेदवार छन् । यीनै उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही स्वरुप हिजो ९सोमबार० मात्रै २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

आफ्नो पम्पलेटमाथि इस्तियाकको स्टिकर टाँसिएको भेटाएपछि स्वतन्त्र उम्मेदवार दीवाकरले निर्वाचनमा प्रत्यक्ष भिड्न नसकेपछि आफ्नो पर्चापब्पिलेट माथि इस्तियाकले तुक्ष राजनीति गर्न थालेको प्रतिक्रिया दिएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि हाल देश निर्वाचनमय भएकोछ । राजनीतिक दलले खडा गरेका उम्मेदवार र स्वतन्त्र उम्मेदवार यतिबेला जनताको दैलोमा आफ्ना एजेण्डासहित कसरत गरिरहेका देखिन्छन् ।

निर्वाचन आयोगको कडा निगरानीका बाबजुद चुनावी माहोल तातिएएपनि इस्तियाकले निर्वाचन आचारसंहिता विरुद्ध गएर आफ्ना प्रतिद्वन्द्वीको पोष्टरमाथि स्टिकर टास्दै हिँड्दा निर्वाचन आयोग मौन बसेको स्वतन्त्र उम्मेदवार दीवाकरको भनाईछ ।

उनले एक उम्मेदवारले अर्को उम्मेदवारको प्रचारप्रसारमा बाधा पुग्नेगरि पोष्टरमाथि नै राजनीति गर्दै स्टिकर टास्न लगाउने गतिबिधि तत्काल रोक्नु पर्ने बताए ।

यता प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इस्तियाकले नेपालगन्जका विभिन्न ठाँउामा स्वतन्त्र उम्मेदवार दीवाकर खनालको प्रचापम्पलेटमाथि आफ्नो स्टिकर टाँसेको दीवाकरको सचिवालयले  जनाएकोछ ।

उम्मेदवार दीवाकरको चुनावी अभियान र प्रचारप्रसारमा प्रतिकुल असर पर्ने गरी इस्तियाकको स्टिकर टाँसिएको घटनाप्रति दीवाकरले भने–‘हाम्रो प्रचारप्रसार र हिन्दुहरु एकीकृत भएको देखेर उनी आतिएकाछन् । तीन–तीनपटक मन्त्री भइसकेका इस्तियाकमा राजनीतिक गुण र छवि देखिएन ।’

उनले भने –‘हारको मानसिकतामा पुगेका इस्तियाकले यस्तो तुच्छ गतिविधिमा उत्रिए । यसबाट स्पष्ट हुन्छ की उनको विकास अभियान लिपपोत मात्र हो ।’

पटक–पटक यस्तो घटना घट्नु र निर्वाचन आयोगले केही वास्ता नगर्नु कतै आयोगले उनलाई यस्तो क्रियाकलापमा सघाएको हो की भन्ने आम जनमानसमा सन्देश गइरहेको उम्मेदवार खनालले प्रश्न गरे ।
उम्मेदवार राईको तर्फबाट यस्तो गतिविधि सार्वजनिक भएपश्चात यतिबेला सामाजिक सञ्जाल इस्तियाकको विरुद्धमा रङ्गीएको छ । उम्मेदवार दीवाकरले यस्तो गतिविधिको कडा बिरोध गर्दै मिडिया मार्फत आयोगको ध्यानाकर्षण समेत गराएका छन् ।

थप समाचार

इस्तियाकलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आचारसंहिता विरुद्ध स्वतन्त्र उम्मेदवार शेषको पोष्टरमाथि इस्तियाकको स्टिकर