बाँकेलाई सिधा सिहंदरबारसँग जोडेको छु : अथक


बाँकेलाई सिधा सिहंदरबारसँग जोडेको छु : अथक

नरैनापुर (बाँके) २२ कार्तिक : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेलाई सिधा सिंहदरबारसँग जोडेको बताएका छ्न । मंगलबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६ स्थिति चुनावी सभालाई सम्बोधन गर्दै उनले बाँके जिल्लालाई सिधा सिहंदरबारसँग जोडेको बताएका हुन् ।

‘मलाई पहिलो पटक चुनाव जिताएर यहाँहरुले मन्त्री बन्ने अवसर जुटाइदिनु भएको छ’, मन्त्री अथकले भने, ‘मैले क्षेत्रको प्रतिनिधित्व गर्दै बाँकेलाई सिंहदरबारसम्म जोडे सफल भएको छु ।’

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटक सँसदमा बाँकेका समस्याहरु उठाएको स्मरण गर्दै बाँके क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका मन्त्री अथकले भने, ‘बाँकेको पहुँच सिधै सिहदरबारसम्म स्थापित भईसकेको छ । यहाँको बिकासका निम्ति म सधैं प्रतिबद्ध छु, फेरि पनि निर्वाचित गराएर उक्त जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीपारीको विकासका र परिवर्तनकालागी आफुले विभिन्न पहलकदमी चालेको बताउँदै राप्तीसोनारी र नरैनापुरको समग्र विकास र परिवर्तनका लागि आफु कटिबद्ध भएर लागेको बताइन् ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार संगिता थारुले लोकतान्त्रि–वाम गठनबन्धनका उम्मेदवारहरुलाइ विजयी गराएमा मधेसी मुस्लिम दलित र महिलाका अधिकार सुरक्षित हुने बताइन् ।

राप्तीसोनारी वडा नम्बर–६ निर्वाचन परिचालन सिमितीका संयोजक गोविन्द दहितको सभापतित्वमा भएको कार्यक्रममा बाँके निर्वाचन क्षेत्र नम्बर–१ नेपाली काँग्रेस सभापति पोषण केसी, लोकतान्त्रिक–बाम गठबन्धनका नेता कार्यकताहरु र स्थानीयवासीको सहभागीता रहेको थिए ।

थप समाचार

दशकौंदेखि अन्धाकार राप्तीसोनारीलाई उज्यालो बनाए अथकले