दशकौंदेखि अन्धाकार राप्तीसोनारीलाई उज्यालो बनाए अथकले

विजुली बत्ती ल्याउने अथक, आफूले ल्याएको भन्दै नमुनाको झुटो दावि


दशकौंदेखि अन्धाकार राप्तीसोनारीलाई उज्यालो बनाए अथकले

कोहलपुर २० कार्तिक: सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको राप्तीपारीका बासिन्दाले आफ्नो घरआँगन उज्यालो बनाउने सपना झण्डै तीन दशकदेखि बोक्दै आएका थिए ।

२०४८ सालदेखि राप्तीपारी उज्यालो बनाउने मुद्दा यहाँका राजनीतिक दलले जोडतोडले उठाउँदै आएका थिए । राप्तीपारी उज्यालो बन्ने आशामा यहाँका जनताले कहिले नेपाली काँग्रेस, कहिले राप्रपा त कहिले माओबादी अनि कहिले एमालेका नेतालाई चुनेर पठाए ।

बहुदलीय निर्वाचनबाट यहाँका राजनीतिक दलले बोक्दै आएको मुद्दा २०७४ सालसम्म पुरा हुन सकेन । यसबीच ६ वटा बहुदलीय निर्वाचन भए । तर, राप्तीपारीका बासिन्दाका लागि सडक र विद्युतबाट घरआँगन उज्यालो बनाउने सपना साकार हुन सकेन । राप्तीपारीबासीका समस्या ज्यूँका त्यूँ नै रहिरह्यो ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिका मिलेर बनेको बाँकेको १ नम्बर निर्वाचन क्षेत्रका जनताले सधैँ चुनेर पठाएका नेताबाट विद्युत र सडक सञ्जालको अपेक्षा गरिरहे । पटक–पटक निर्वाचित हुने राजनीतिक दलका नेताले यस क्षेत्रका जनतालाई ढाँटिरहे, विद्युतको समस्या झन् जेलिदैँ गयो ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘भोट बैंक’का रुपमा विद्युतीयकरणको मुद्दा पटक–पटक उठाएर निर्वाचित हुने नेताका लागि यो विषय ‘दुहुनो गाई’ जस्तै बन्यो । विकास र शिक्षाबाट पीछडिएको राप्तीपारीका जनताले आफ्नो मूल समस्या सम्बोधन गर्न भोट गरिरहे तर, असल र सक्षम नेता पाएनन् । उनीहरुले निरन्तर भोट दिइरहे, प्रत्येक पटक आशाको दीप बालिरहे ।

उज्यालो राप्तीपारीको सपना साकार बनाउने करिब तीन दशक (२७ वर्ष)को अथक प्रयासले राप्तीपारी उज्यालो बन्यो त्यो पनि बाँके क्षेत्र नम्बर १ का सासंद महेश्वर गहतराज ‘अथक’को पहलमा ।

अथकले ठूलो मेहनतले विजुली बत्ति ल्याए तर, बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सासंद कृष्णा केसी ‘नमुना’ले भने आफूले ल्याएको भन्दै झुठो प्रचार गरिरहेकी छन् । अथकले ल्याएको बत्तिलाई नमुनाले अहिले चुनावका बेला ‘मैले बत्ति ल्याएर राप्तीपारी झलमल्ल पारे ।’ भन्दै प्रचारप्रसारमा जनतामाझ झुठो कुरा बोेलिरहेकीछन् ।

यतिबेला राप्तीपारी उज्यालो बनेकोछ । सडक सञ्जाल, अध्याँरो र विद्युतको अभावमा कष्टकर जीविकोपार्जन गर्ने राप्तीपारीका घरघरमा विद्युत पुगेकोछ । टोलटोल जोड्ने पक्की सडक बनेकोछ । विद्युतसंगै ईन्टरनेट र सूचना प्रविधिको विस्तार भएकोछ । यसको श्रेय क्षेत्र नम्बर–बाट लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका महेश्वर गहतराज अथकलाई जान्छ ।

दृढ संकल्प र अठोटका साथ लगनशील भएर अघि बढ्नुपर्छ जस्तो सुकै समस्या समाधान गर्न सकिने ज्वलन्त उदाहरण राप्तीपारीको विद्युतीकरण अर्को उदाहरण हुन सक्दैन ।

२०४८ सालदेखि एउटै मुद्दामा पटक–पटक जनताले फरक–फरक पार्टीका नेतालाई चुन्दा पनि उनीहरुलाई बेबकुफ बनाउनुका साटो अरु केही भएन ।

बहुदलिय निर्वाचनको इतिहासलाई हेर्ने हो भने बाँके क्षेत्र नम्बर–१ बाट २०४८ सालमा नेपाली काँग्रेसका मेराज अहमद शाह, २०५१ सालमा राप्रपाबाट प्रेमबहादुर भण्डारी, २०५६ मा नेपाली काँग्रेसका ज्ञानु केसी, २०६४ मा माओबादीबाट तिलक सिंह परियार र २०७० मा एमालेबाट देवराज भार निर्वाचित हुँदा समेत राप्तीपारीको मुख्य मुद्दा सडक र विद्युतीयकरणले न स्थान पायो न चर्चा ।

२०७४ मा माओबादीबाट महेश्वर गहतराज अथक निर्वाचित भएसगैं राप्तीपारीको विकासले काँचुली फे¥यो । उनको नेतृत्वमा करिब तीन दशकदेखि सडक सञ्जाल र विद्युतीयकरणबाट ठगिएको राप्तीपारी अर्थात हालको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाले उन्मुक्ति पायो ।

करीब तीन दशकदेखि सम्बोधन हुन नसकेको राप्तीपारीको सडक र विद्युतीयकरणको मुद्दा सम्बोधन गराउन नेता अथकले थुप्रै आरोहअबरोह पार गर्नु प¥यो । राप्तीपारी सडक र विद्युतीकरणको कार्य सफल बनाएका अथक भन्छन्–‘म निर्वाचित भएसंगै मेरो पहिलो प्रतिबद्धता राप्तीपारी सडक सञ्जाल र विद्युतीयकरण नै थियो । जनताले मलाई विश्वास गरेर जिताए । मैले जनताको साथमा जनताको काम गरे ।’

उज्यालो राप्तीपारी बनाउन सफल अथकले विद्युतीयकरणको समस्या पहिल्याउँदै जाँदा दुई वटा मुख्य समस्या पाए । अथक भन्छन्–‘विद्युतीयकरणको नाममा त्यहाँ ठूलो सेटिङ्ग र भद्रगोल भएको पाए । सामुदायिक विद्युतीयकरण र ठेकेदारको मुख्य समस्या पाएपछि मेरो एक्सन यहीबाट सुरु भयो ।’

‘राप्तीपारी विद्युतीकरणको बाधकको रुपमा सामुदायिक विद्युतीकरणले बहानाबाजी गर्दै गाविसले निकासा गरेको रकमको ब्याज खाने भर ठेकेदारले ठेक्का भइसकेपनि जनप्रतिनिधि र केही राजनीतिक नेतालाई हात लिएर ठग्ने काम मात्र भएको पाए’ अथकले भने–‘सामुदायिक विद्युतीयकरण खारेज गर्नुका साथै ठेक्का फिर्ता गराए । त्यसपछि डिपिआर र आइई प्रतिबेदन तयार पारेर मैले विद्युतीयकरणको काम जिरोबाट सुरु गरे ।’

‘विद्युतको पोल र तार बिछ्याउन रुख कटानका लागि वन मन्त्रालयदेखि विद्युत प्राधिकरण र विद्युत विकास बोर्डमा डिपिआर र आइईको फाइल पेश गरि मन्त्री परिषद्को बैठकबाट रुख कटान र बजेट निकासको काम गराई विद्युतीकरणको काम अघि बढ्यो’ राप्तीपारी विद्युतीकरणका लागि आफूले खेलेको भूमिकालाई स्मरण गर्दै अथकले अगाडी थपे–‘सामुदायिक विद्युतीकरण खारेज र पुरानो ठेक्का फिर्ता गराएपछि हाम्रविरुद्ध मुद्दा प¥यो । तर, हामीले मुद्दा जित्यौं ।’

राप्तीपारी उज्यालो बनाउन पहलकदम चालिएको होइन भनेर भन्दिन्, विद्युत बाल्न पोल गाडिएका थिए । तर, त्यो सबै भोटको खेल रहेछ । विद्युत बाल्न प्रक्रियागत कदम चाल्नुपथ्र्यो त्यसो गरिएको थिएन अथकले बताए ।
२०७४ मा आफू निर्वाचित भएलगत्तै राप्तीपारी उज्यालो बनाउन विद्युतीकरणका लागि २२ करोड निकासा गरि काम गरेको सम्झदै अथकले भने –‘राप्तीपारी उज्यालो बनाउने सपना साकार राप्तीपारीका जनताको साथ र विश्वासले हुन सक्यो । यसबिच विद्युतीकरणसंगै राप्तीपारी सडक सञ्जाल, पुल निर्माण लगायतका काममा धेरै काम भए ।’

उनले भने पछिल्लो पटक बाँकेमा भेटिएको नयाँबस्तीका रुपमा परिचित राप्तीसोनारीको खयरभट्टीको नयाँबस्तीसम्म विद्युतीयकरणका लागि ४ करोड ७५ लाखमा रकम निकासा भइ ठेक्का भइसकेको र त्यो क्षेत्रमा पनि छिटै विजुली पुग्छ ।

बाँकेको क्षेत्र नम्बर १ अन्तरगत राप्तीपारीको राप्तीसोनारी र नरैनापुर क्षेत्रको सबै ठाउँमा विद्युत पुगेको बताउँदै अथकले भने–‘राप्तीपारी जनताको खेतमा विद्युतको लाईन विस्तार गरिनेछ । किनभने यस वर्ष नरैनापुरमा परेको खडेरी र डुवानका कारण त्यहाँका किसानले खेती गर्न पाएनन् । खडेरी परेपनि विद्युतको सहायतामा डिप बोरिङ्गमार्फत किसानले सिचाई गरि खेती गर्न सक्छन् त्यही योजना अघि सारेकोछु ।’

नरैनापुर क्षेत्रको बस्तीको संरचनाका कारण कहीकतै विद्युतको लाईन विस्तार हुन नसकेको बताउँदै नरैनापुरबासीको साथले त्यसक्षेत्रमा विद्युतको लाईन छिटै विस्तार गरिने अथकले भने ।

बाँके क्षेत्र नम्बर– १ बाट लोकतान्त्रिक–बाम गठबन्धनबाट प्रतिनिध सभाका उम्मेदवार समेत रहेका अथक भन्छन्–‘विकास र समृद्धिको मुहार फेर्दै गरेको राप्तीपारीका जनताका लागि केही अधुरा र नयाँ काम गर्ने योजना छन्, त्यो पुरा गर्नकै लागि निर्वाचनमा होमिएकोछु ।’

अथकले भने–‘राप्तीपारीलाई विकासको मूलधारमा ल्याइयो, यो मेरो मात्र होइन राप्तीपारी बासिन्दाका पनि पहिलो ठूलो उपलब्धी हो । मतदाता फकाउन झुटो आश्वासन र प्रचार गर्नेबाट सचेत हुदैँ घरमा जडान भएको विजुली हेर्नुहोस्, आफू सहजरुपमा हिँडेको सडक र विजुलीको पोलमा बलेको बत्ति हेर्नुहोस्, मैले गरेको कामको मूल्याङकन गर्दै भोट दिनुहोस् ।’

थप समाचार

गठबन्धनका उम्मेदवारलाई पुर्व जनमुक्ति सेनाको साथ

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक

कोहलपुरमा गठबन्धनको घरदैलो शुरु, जुड्दै जनसमर्थन

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक