बाँके क्षेत्र नम्बर १ प्रदेश ‘क’

माओवादी नै भन्छन् : यी कारणले यसपाली नमुनालाई भोट हाल्न सक्दैनौं

माओवादी भित्र किचलो


माओवादी नै भन्छन् : यी कारणले यसपाली नमुनालाई भोट हाल्न सक्दैनौं

राप्तीपारी बाँके २६ कार्तिक : बाँके क्षेत्र नम्बर– १ मा माओवादी भित्र ठुलो किचलो मच्चिएको छ । जतिति चुनाव नजिक आउँदै छ उतिउति कृष्णा केसी ‘नमुना’ र महेश्वर गहतराज ‘अथक’ बिच द्वन्द्व उत्कर्समा पुग्दैछ । नमुनाले अथकलाई हराउन लागि परेको र अथकले नमुनालाई हराउन लागि परेको दोसारोपन एक अर्कामा लगाइरहेका छन् ।

अथक बाँके क्षेत्र नम्बर– १ बाट संघीय सांसदका उम्मेरवार हुन् भने नमुना बाँके क्षेत्र नम्बर–१ प्रदेश ‘क’ बाट प्रदेशसांसदकी उम्मेद्वार हुन् । गएको बिहीबार राप्तीपारी भएको माओवादी भेलामा सबै मिलेर आफुलाई हराउन लागेको भन्दै नमुना धुरुधुरु रोएको भेलामा सहभागि एक माओवादी कार्यकर्ताले सेतोखरीलाई बताए ।

माओवादी भित्र र बाहिर अथकलाई एउटा सालिन, भद्र र जनताप्रति उत्तरदायी हुने नेताको रुपमा हेरीरहेका छन्, भने नमुनालाई एक अवसरबादी, जितेर गएपछि जनताका समस्या बुझ्न नआउने, धन कमाउन लिप्त रहेको, झुट बोल्ने र जनताका कामहरु गर्न नखोज्ने आरोप लगाइरहेका छन् ।

काँग्रेस सहितको गठबन्धनबाट चुनाव लडेपनि माओबादी भित्र नै अथकलाई जिताउनुपर्छ र माओवादीलाई हराउनु पर्छ भन्नेको जमात बढी देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राप्तीपारीका माओवादी कार्यकर्ता भनिरहेका छन्,‘यसपाली हामी नमुनालाई भोट दिन सक्दैनौ । प्रदेशमा अमर खड्कालाई र संघीय सांसदमा अथकलाई भोट हाल्छौं ।’ यसबाट पनि के थाहा हुन्छ भने आफ्नै कार्यकर्तामा नमुनाप्रति वितृष्णा रहेको छ ।

माओवादी कार्यकर्ताले आफ्नो नेता भएपनि नमुनाले जनता माझ धेरै झुठ बोलेको आरोप लगाएका छन् । गएको प्रदेशसभा सदस्यमा नमुनाले यहि क्षेत्रबाट चुनाव जितेकी थिइन् । त्यस बखत चुनावमा उठ्दा नमुनाले राप्तीपारीको माओवादी भेलामा यसपटक आफुलाई जिताउन अनुरोध गर्दै अर्को पटक आफु नउठ्ने र आफ्नो ठाउँमा अमर खड्का उम्मेदवार रहन कार्यकर्तामाझ घोषणा गरेकी थिइन् ।

तर, यसपटक फेरी आफैले टिकेट ल्याएर आएपछि जनतामाझ लोकप्रिय मानिएका अमर खड्काले माओवादी पार्टी नै छाडेर जसपामा प्रवेश गरी नमुना लडेकै क्षेत्रबाट उम्मेद्वार बने । नमुनाले ५ वर्षसम्म कुनै माखो नमारेको, जनतासामु गरेको घोषणामा धोका दिएको, झुठ बोलेको र स्वार्थी मनोवृतकी भएकोले आफुले नमुनाको कारणले पार्टी छोडेर जसपाबाट चुनाव लडेको अमर खड्काले सतोखरीसँग बताए ।

‘पाँच वर्षसम्म नमुनाले आफ्नो लागि गरिन यहाँको जनताको लागि के गरीन् ? हामीलाई त हिसाव किताव चाहियो नि ।’ उम्मेद्वार खड्काले भने ‘आश्वासन दिएर झुठ बोल्ने, धोका दिनेलाई कसले साथ दिन्छ ? सधैभरी झोला बोक्ने म गुलाम हो र ? त्यसैले माओवादी पनि मेरो साथमा छन् । न्याय र अन्याय माओवादी कार्यकर्ताले छुट्टाउन जानेका छन् । आज मलाई अन्याय गर्नेले भोली अर्को म जस्तैलाई अन्याय नगर्ला भन्ने छ र ।’

अर्को पटक आफु नउठ्ने र अमर खडका उम्मेद्वारी हुने भनेर फेरी नमुनाले टिकेट ल्याएर आएपछि माओवादी कार्यकर्ता नमुनादेखि रुष्ट भएका हुन् । फत्तेपुर, विनौना, बैजापुरका माओवादी कार्यकर्ता नमुनाको कार्यशैलीबाट बढी रुष्ट देखिएका छन् ।

‘रातविरात जुनसुकै समयमा पनि अमर खड्का दौडीएर आउनुहुन्छ, हाम्रो सुख दुःख बुझ्नु हुन्छ । नमुनालाई केही परेको बेला फोन गर्यो भने रेस्पोन्सनै गुर्नु हुन्नन । अब हामीले अमर खड्का लाई जिताउने की नमुनालाई ।’ बिनौनाका एक वडा स्तरका माओवादी कार्यकर्ताले सेतोखरीसँग भने –‘नमुना जीले ५ बर्षसम्म के गर्नु भयो र जितेर गएपछि जनताका समस्या बुझ्न कति पटक आउनु भयो वहाँलाई नै थाहा छ नि । जनताको काम नगर्ने, जनताको दुःख समस्या नबुझ्नेलाई हामी फेरी भोट हालेर जिताउन सक्दैनौ । हामी मात्र होइन गठबन्धन काँग्रेसले पनि यहाँबाट नमुनालाई भोट हाल्दैनन् ।’

राप्तीसोनारी–३ का भागिराम थारुले यसपाली आफ्नो भोट नरेन्द्र पौडेललाई दिने बताए । आफु माओवादी भएपनि नमुनाले राम्रो काम नगरेको र जनताप्रति उत्तरदायी नभएकाले यसपाली नमुनालाई भोट नहाल्ने बताए ।
‘पाँच वर्षसम्म तपाईले के गर्नु भयो र तपाई फेरी भोट हालेर किन जिताउने प्रश्न गर्यो भने नमुनाले जवाफ दिन सक्छिन् ?’ भागिरामले उल्टै प्रश्न गर्दै भने –‘पाँच वर्षसम्म नमुनाले आफ्नो लागि मात्र कमाएको सुनिन्छ, थुप्रै व्यापार बिजनेश खोल्नु भएको छ रे, के यहाँका जनताले नमुनालाई कमाउनका लागि जिताएर पठाएको हो ? त्यस्ता नेतालाई कसैले पनि भोट नहाल्न म अनुरोध गर्दछु ।’

बाँके क्षेत्र नम्बर–१ प्रदेश ‘क’ मा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादीकी कृष्णा केसी ‘नमुना’ उठेकी छन्, भने जसपाबाट अमर खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका नरेन्द्र पौडेल उठेका छन् ।

२०७४ सालको चुनावमा प्रदेश सभा सदस्य जितेकी नमुना यस पटक फेरी यहि क्षेत्रबाट उठेकीछन् । तर, नमुना सबै भन्दा कमजोर उम्मेदवारका रुपमा मैदानमा देखा परेकीछन् । जसपाका अमर र एमाले राप्रपा गठबन्धनका नरेन्द्रबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

थप समाचार

नमुना सबैभन्दा कमजोर, अमर र नरेन्द्रबीच प्रतिस्पर्धा