साउन १० गते ‘सुपर गोर्खे’


साउन १० गते ‘सुपर गोर्खे’

नेपालगन्ज: नायिका ऋचा सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘सुपर गोर्खे’को प्रदर्शन मिति तय गरिएको छ । हुनत, यो चलचित्रको प्रदर्शन मिति पहिलो पटक तय गरिएको होइन । चलचित्रको प्रदर्शन मिति बारम्बार तोक्दै पछि सारिएको थियो । अब, भने यो चलचित्र साउनको १० गतेबाट रिलिज हुने भएको छ ।

राज थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भूपेन्द्र क्षेत्री, भानु बिष्ट, सचिन केसी, उत्तम बिष्ट, मनोज राइ लगायतको मुख्य भूमिका छ ।

Kids Festival 2022
kanti aarogya hospital

सौरभ लामाको छायांकन रहेको चलचित्रलाई बनिश शाह र सालिक दुलालको सम्पादन छ । चलचित्रमा इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको लगानी छ ।