आम निर्वाचन २०७९

यसरी मतदान गर्नुहोस्

एकजनाले ४ वटा छुट्टाछुट्टै मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्छ


यसरी मतदान गर्नुहोस्

File Photo

नेपालगन्ज ३ मंसिर : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मंसिर ४ गते आईतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

आयोगले मतदान गर्ने तरिकाबारे जानकारी गराएको छ । मतदान केन्द्रभित्र प्रवेश गरिसकेपछि मतदाताले सबैभन्दा पहिला मतदाता नामावलीमा नाम रुजु गराउनुपर्छ ।

त्यसपछि बायाँ हातको बुढीऔँलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन लगाउनुपर्छ । र, पहिलो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ ।

त्यसपछि दोस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसपछि तेस्रो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकमा खसाल्नुपर्छ ।

अन्तिममा चौथो मतपत्र लिनुपर्छ । स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुपर्छ । अनि, मतपत्र सही तरिकाले पट्ट्याएर सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुपर्छ र मतदान केन्द्रबाट बाहिर निस्किनुपर्छ ।

थप समाचार

कुन अवस्थामा जमानत जफत हुन्छ