मानव बेचविखन विरुद्ध कार्यशाला


नेपालगन्ज : मानव वेचविखन विरुद्ध क्रियाशिल आशा नेपालले सम्वद्ध सरोकारवालाबीच समन्वयात्मक कार्यशाला गरेको छ ।
मानव वेचविखन विरुद्ध  कार्यरत बाँकेमा क्रियाशिल सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनीधीबीच आपसी समन्वय र सहकार्य बारे छलफल गरिएको हो ।


आशा नेपालकी कार्यकारी निर्देशक बिमला थापाले सामुहिक समन्वय र सहकार्य नै मानव वेचविखन विरुद्धको शक्ति भएको भन्दै आपसी एकता र कार्यक्रमको प्रभावकारितामा जोड दिईन् ।  राज्यको एकल पहलले मात्र वेचविखन रोकथाम, उद्धार र पुनसर््थापना सम्भव नभएकाले सामुहिक पहलको खाँचो रहेको पनि उनले औल्याएकी छन् ।