नेपालगन्ज ७ मंसिर: गरिमा विकास बैंकले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।
बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।
बुधबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको कोहलपुर शाखाका शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्यले जानकारी दिए ।
गरिमा विकास बैंकका सेवाग्राही एवंं रक्तदान कार्यक्रममा सहभागी कुशल शाहले गरिमा विकास बैंक बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले बैकं प्रति थप विश्वास जागृत भएको बताए ।
बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । राष्ट्रिय स्तरको उक्त विकास बैंकले हाल १ सय २० शाखा, ५१ एटिएम र २ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिदै आएको छ ।
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ