वार्षिकोत्सवमा गरिमा विकास बैंकको रक्तदान


वार्षिकोत्सवमा गरिमा विकास बैंकको रक्तदान

नेपालगन्ज ७ मंसिर: गरिमा विकास बैंकले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कोहलपुरस्थित बैंकको कार्यालयमा खुला रक्तदान कार्यक्रम गरिएको हो ।

बैंक १५ वर्ष पुरा भएर १६ वर्षमा प्रवेश गरेकोे अवसरमा गरिएको रक्तदानमा बैंकमा कार्यरत कर्मचारी, सेवाग्राही, सर्वसाधारण लगायतले सहभागिता रहेको थियो ।

बुधबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेको कोहलपुर शाखाका शाखा प्रबन्धक शक्तिसिहं कर्माचार्यले जानकारी दिए ।

गरिमा विकास बैंकका सेवाग्राही एवंं रक्तदान कार्यक्रममा सहभागी कुशल शाहले गरिमा विकास बैंक बैकिंङ सेवामा पनि उत्कृष्ट र परोपकारमा पनि उत्कृष्ट भएकाले बैकं प्रति थप विश्वास जागृत भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैंकले हरेक वार्षिक उत्सवलाई महत्वका साथ मनाउँदै आएको छ । राष्ट्रिय स्तरको उक्त विकास बैंकले हाल १ सय २० शाखा, ५१ एटिएम र २ वटा एक्स्टेन्सन काउन्टर बाट सेवा दिदै आएको छ ।