अब नेपालगन्जमै अत्याधुनिक लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा


अब नेपालगन्जमै अत्याधुनिक लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा

नेपालगन्ज ९ मंसिर : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, चारबाहिनी रोडमा रहेको एचसीआरसी अस्पतालले पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक लेजर प्रविधिबाट ‘सौन्दर्य केयर’ सेवा सुरु गरेको छ ।

अस्पतालमा शुक्रबार बिहान एक औपचारिक कार्यक्रमकाबीच उक्त सेवा सुरु गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद डाक्टर धवलसम्शेर राणाले औपचारिक रुपमा उद्घाटन गरे ।

सो क्रममा अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले विश्वको नम्बर एक ‘सोप्रानो आइसिई प्लाटिनम’ लेजर उपकरण अस्पतालका संस्थापकद्वय डाक्टर कुमार शान शाह र डाक्टर मञ्जु बिसी शाहलाई हस्तान्तरण गरेका थिए ।

‘सोप्रानो आईसिइ प्लाटिनम’ लेजरद्वारा शरीरमा रहेको अनावश्यक रौं सधैंका लागि हटाउने, बोटक्स, फिलर्स तथा फेस लिफ्टिङ प्रबिधिद्धारा झोलिएको छाला र चाउरीपन हटाउने, लेजरद्वारा योनीलाई कसिलो तथा टाइट बनाउने, लेजरद्वारा महिलाहरुको पिसाब चुहिने समस्याको उपचार, दुरविन प्रबिधिद्वारा पाठेघरको जाँच, पाठेघरको मुख सेकाई गरिने अस्पतालले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै लेजरद्वारा शरीरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टा खुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, पिआरपी (कपाल उमार्ने उपचार), बायोप्सीबाट छालामा देखापर्ने रोग पत्ता लगाउने, छाला यौन तथा कुष्ठरोग उपचार, हाईडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल सेवा प्रदान गरिने अस्पतालका ब्यवस्थापक रमेश सिटौलाले जानकारी दिए ।

औपचारिक रुपमा उद्घाटन नभएपनि उक्त अस्पतालमा हाल स्वास्थ्य परिक्षणको विशेषज्ञ सेवा, जनरल मेडिसिन, बालरोग सेवा, अत्याधुनिक अप्रेशन थियटर, अत्याधुनिक एनआईसियु, अत्याधुनिक इमेरजेन्सी, कोल्पोसकपी, निदान र उपचारात्मक हिस्टेरेस्कोप, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, पूर्ण प्रसुती, भर्ना, फार्मेसी, आईसियु सहितको अत्याधुनिक एम्बुलेन्स, बाँझोपनको उपचार, प्रजनन स्वास्थ्य, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, पाठेघरको क्यान्सर पहिचान, पाठेघरको सेकाइ, परिवार नियोजन सम्बन्धी सम्पूर्ण सेवा सञ्चालनमा रहेको उनले बताए ।