योग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता


योग विस्तारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता

नरैनापुर(बाँके) ११ मंसिर : नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले योग गर्नेका बीचमा अझ प्रगाढ माया र भाइचाराको सम्बन्ध स्थापना गर्न आवश्यक रहेको बताएका छन् ।

सामाजिक चेतना र सेवाको भावनालाई एकै शुत्रमा बाध्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका निवार्ह गर्ने उनले विश्वास गरे ।

योग समिति बाँकेका सदस्यहरुको एक दिने सन्देश मुलक वनभोज कार्यक्रममा सहभागी हुन पुगेका शाहले योग विज्ञान शिविरले योग प्रतिको आकर्षणलाई थप विस्तार गर्ने बताए । योगले व्यक्तिलाई स्वस्थ, निरोगी तथा असल भावनाको विकास गराउने भएकाले सबैले योग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष शाहले योग सम्बन्धी कार्यक्रम नरैनापुरमा पनि राख्न आग्रह गर्दै योग समितिलाई गाउँपालिकाको तर्फबाट अवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । योग समितिका गुरु गिरिराज भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

योग समितिले आयोजना गरेको १२ घण्टे घुम्ती नागरिक अयोग्य योग विज्ञान शिविरमा ६ वटा समुह निर्माण गरि भएको खेलमा लोकमाया सुवेदी (सुमित्रा) ले नेतृत्व गरेको समुह प्रथम भएको थियो, भने विजयी भएको समुहलाई नगद तीन हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो । शिविरका सहभागीले योगले शरीरलाई स्फुर्ति प्रदान गर्ने भन्दै शिविर फलदायी भएको बताएका थिए ।